Friday, July 10

आज सपथ लिन लागेका यी हुन् मन्त्रीहरू

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।

Advertisement

नवनियुक्त मन्त्रीहरूले मंगलबार दिउँसो १ बजे सपथ लिने कार्यक्रम छ।

Advertisement
Advertisement

मंगलबार नेकपा (एमाले) का ४, माओवादी केन्द्रका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३ राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना मन्त्री बन्न लागेका छन्।

Advertisement

एमालेबाट परराष्ट्र मन्त्रीमा राष्ट्रिय सभा सदस्य विमला पौडेल राई र प्रतिनिधि सभा सदस्य पदम गिरी स्वास्थ्य मन्त्री बन्न लागेका छन्। बाँकी २ जनाको नाम टुंगो लाग्न बाँकी छ।

माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री, अमनलाल  मोदी सामान्य प्रशासन मन्त्री, सुदन किराती नागरिक उड्डयन तथा पर्यटन मन्त्री बन्ने भएका छन्।

राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने भएका छन् भने ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्न लागेका छन्। अर्का एक मन्त्रीको टुंगो लाग्न बाँकी छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा काठमाडौं ६ बाट निर्वाचन जितेका शिशिर खनाललाई पठाउने भएको छ।

रास्वपाले विषय विज्ञता हेरेर मन्त्री पठाउने तयारी गरेको छ। खनाल ‘टिच फर नेपाल’का संस्थापक हुन्, उनले लामो समय शिक्षा क्षेत्रमा काम गरेका थिए।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल (डिपी) लाई पठाउने तयारी छ। अर्याल रास्वपाका उपसभापति पनि हुन्। धादिङ घर भएका उनी समानुपातिक तर्फबाट सांसद भएका थिए।

पुस ११ गते प्रचण्डले प्रधानमन्त्रीको सपथ लिँदा तीन जना उपप्रधानमन्त्रीले सपथ लिएका थिए।

उपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार मन्त्री, विष्णु पौडेल अर्थ मन्त्री र रवि लामिछाने गृह मन्त्री भएका थिए।

सोही दिन ज्वालाकुमारी साह,  दामोदर भण्डारी  राजेन्द्रकुमार राई र अब्दुल खान मन्त्री बनेका थिए।