Friday, July 10

 ईश्वर नेतृत्वको संयुक्त प्यानल वैदेशिक रोजगार व्यवसायीसँग अन्तरकृयामा  

नेपाल अखबार । काठमाडौं  नेपाल वैदेशिक रोजगार व्यवसायी संघ अन्तर्गत हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै ईश्वर नेतृत्वको  संयुक्त प्यानलले  व्यवसायीहरूसँग अन्तरक्रिया गरेको छ ।

Advertisement

ललितपुरको हिमालय होटलमा उक्त प्यानलले व्यवसायीहरूसँग अन्तरकृया कार्यक्रम गरको हो ।  व्यवसायी संघले ललितपुरका व्यवसायीका समस्या सुनी संघमा निर्वाचित भएपछि गर्न सक्ने सुधारका विषयमा प्रतिवद्धता समेत जनाएको छ ।
डा. जिसीको प्यानलले निर्वाचित भएको तीन महिनाभित्र संघको भवन निर्माण गर्न शुरु गर्ने, संख्या सयको प्रावधान खारेज, कामदारको महिनाको तलब बराबर हुने गरी सेवा शुल्क परिमार्जन, सबै प्रकारको सिण्डिकेटहरुको अन्त्य गरी वैदेशिक रोजगार कसुरलाई फौजदारी कानून अन्तर्गत नभई देवानी तथा वाणिज्य कानून अन्तर्गत फछर्यौट गराउनुपर्ने, संघको मध्यस्थतामा उजुरी प्रतिनिधिमार्फत फछर्यौटको व्यवस्था, पूर्व स्वीकृतिसम्बन्धी दफा १५ देखि १९ सम्मको व्यवस्था खारेज गरी रोजगार सम्झौताअनुसार एकैचोटी अन्तिम श्रम स्वीकृति, धरौटी वृद्धि पछि छुट्टाछुट्टै इजाजतपत्र लिनुपर्ने व्यवस्थाको अन्त्य लगायतका एजेण्डा उठाएको छ ।

Advertisement
Advertisement

Advertisement

सो प्यानलको प्रथम उपाध्यक्षमा मञ्चका अध्यक्ष कान्तिपुर मेनपावर प्रा.लि.का सञ्चालक धनलाल जैसी, द्वितीय उपाध्यक्षमा सुप्रिम ओभरसिज प्र.लि.का बाबुराम खड्का, तृतीय उपाध्यक्षमा कन्फिडेन्ट इन्टरनेशनल प्रा.लि.का अनिल बोगटी, महासचिवमा इम्प्लोइमेन्ट लिंक नेपालका मधुकर रिजाल, सचिवमा अजम्बरी ओभरसिज प्रा.लि.का टक्करबहादुर पाख्रिन, कोषाध्यक्षमा इम्पावर ह्युमन रिसोर्सेज प्रा.लि.का केदारनाथ अधिकारी रहनु भएको छ ।
सदस्यमा शेरमान ग्लोबल म्यानेजमेन्ट ओभरसिजका गणेश कुँवर, आयुष ओभरसिजका कामेश्वर साह राहुल, फ्युचर लिंक इन्टरनेशनलका फिरोज खान, एसआर ग्रुप कम्पनीका सन्दीप पुडासैनी, ग्यालेक्सी युनिभर्सल सर्भिसका एक नारायण काफ्ले, पाण्डा ह्युमन रिसोर्सेजका प्रेमबहादुर गिरी, दि एक्वायर ग्रुपका देवी माया थापा, शिभम इन्टरनेशनल म्यानपावर सर्भिसका शिवबहादुर कुँवर र स्यारोन म्यानपावर सर्भिसका सरोज कुशवाह रहनु भएको छ  ।
कार्यक्रममा अध्यक्षका उम्मेदवार जिसीले सम्मानित वैदेशिक रोजगारका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भएको थियो । अध्यक्ष जिसी सहित प्यानल अन्य उम्मेदवारहरूले आफ्नो प्यानलको प्रमुख उद्देश्य व्यवसायीको सामाजिक प्रतिष्ठा अभिवृद्धि गरेर व्यवसायीहरूको शिर ठाडो पार्नु रहेको प्रतिवद्धता जनाएका छन् । व्यवसायीहरुको प्रश्नोतर कार्यक्रममा संयुक्त व्यवसायीहरुको टीमले व्यवसायी संघलाई सुनिने देखिने र भेटीने गरीको बनाउने प्रतिवध्दता जनाउनु भएको थियो । साथै व्यवसायीहरुले समग्र व्यवसायीहरुको हक हितमा काम गर्ने र व्यवसायमा देखा परेका विभिन्न किसीमका सिन्डिकेट र कार्टेलिङको विरुध्दमा काम गर्ने प्रतिवध्दता जनाुउनु भएको थियो ।  उक्त प्यानलले मंगलबार पनि काठमाण्डौंमा अन्तकृया कार्यक्रम गर्दै छ ।