Sunday, April 19

नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभाको उम्मेदवार, अरु को–को छन् ? (लिष्ट सहित)

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले माघ ९ गते हुने राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाएको छ।

राष्ट्रिय सभाका १६ उम्मेदवारमध्ये पूर्वएमालेले ९ र पूर्वमाओवादीले ७ सिट राखेका छन्।

Advertisement

गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ उम्मेदवार छन्। उनी पूर्वमाओवादी हुन् भने अहिले नेकपाका सचिवालय सदस्य छन्। महिलामा भगवती न्यौपाने पूर्वएमालेकी तर्फबाट उम्मेदवार भएकी छिन्। 

प्रदेश १ मा रिक्त ३ सिटमध्ये पूर्वएमालेले २ सिट राखेको छ। महिलातर्फ इन्दु गौतम र अन्यबाट देवेन्द्र दाहाल पूर्वएमालेका हुन्। दलिततर्फका गोपी अच्छामी पूर्वमाओवादीका हुन्। 

त्यस्तै, प्रदेश २ बाट महिलातर्फकी उम्मेदवार तुलसा दाहाल पूर्वएमालेकी हुन् भने दलिततर्फका राधेश्याम पासवान पूर्वमाओवादी हुन्। 

त्यस्तै, प्रदेश ३ बाट महिलातर्फकी उम्मेदवार गंगा बेलबासे पूर्वमाओवादीकी हुन्। उनी नारायणकाजी श्रेष्ठ निकट पूर्वशिक्षा मन्त्री रहिसकेका स्वर्गीय धनीराम पौडेलकी श्रमती हुन्।

त्यस्तै प्रदेश ३ बाट नेकपाका स्थायी समिति सदस्य बेदुराम भुसाल उम्मेद्वार छन्। उनी पूर्वएमालेका हुन्। 

देश ५ मा पूर्वएमालेकी विमला घिमिरे महिलातर्फ उम्मेदवार भएकी छिन्। अपांग तथा अल्पसंख्यकतर्फका उम्मेदवार जगप्रसाद शर्मा पूर्वमाओवादीका हुन्। अन्यबाट उम्मेदवार बनेका गोपाल भट्टराई पूर्वएमालेका हुन्।

त्यस्तै, प्रदेश ६ मा नेकपाले अन्यबाट मायाप्रसाद शर्मा आचार्यलाई उम्मेदवार बनाएको छ। उनी पूर्वमाओवादी हुन्। उनी पार्टीका प्रदेश सचिव छन्।  महिलाबाट सुमित्रा बिसी उम्मेदवार भएकी छिन्। उनी पूर्वएमालेकी हुन्। 

त्यसैगरी,सुदूरपश्चिम प्रदेशबाट अन्यबाट उम्मेदवार बनेका तारामान स्वाँर पूर्वमाओवादी हुन् भने महिलाबाट उम्मेदवार बनेकी शारदा भट्ट पूर्वएमाले हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *