Saturday, May 30

एकीकृत समाजवादीले सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपानेलाई मत दिने निर्णय

नेपालअखबार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सभामुखमा कांग्रेस उम्मेदवारलाई मत दिने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा बिहीबार बिहान बसेको सचिवालयको ४८ औं बैठकले प्रतिनिधिसभा को सभामुख पदमा कांग्रेसका उम्मेदवारको पक्षमा मत दिने निर्णय गरेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनु भयो ।

हिजो कांग्रेसबाट सभामुख पदमा उम्मेद्वारी दिएकी इश्वरी न्यौपानेको समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहनु भएको थियो  ।

Advertisement