Saturday, July 4

उपसभामुखमा रास्वपा सांसद इन्दिरा राना निर्वाचित

नेपालअखबार, काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर निर्वाचित भएकी छिन् । शनिवार बसेको प्रतिनिधि सभाको बैठकमा रानाको पक्षमा  १६६  जना सांसदले समर्थन जनाए भने उनको विपक्षमा जनाले मत ९७ हाले । यस्तै तटस्थमा नेमकिपा सांसद प्रेम सुवालले एक मत दिए । प्रतिनिधि सभामा कूल २७५ सांसद मध्ये २६४ सांसद उपस्थित भएका थिए । राना सत्तागठबन्धनको सझा उम्मेदवार रहेकी थिइन् ।

Advertisement
सभामुख देवराज घिमिरेले सबैभन्दा पहिला रानाको उम्मेदवारीलाई सभामा निर्णयार्थ प्रस्तुत गरेका थिए । मत विभाजनको क्रममा रानाको पक्षमा बहुमत सांसद देखिएपछि उनको प्रर्तिस्पर्धी रहेकी कांग्रेस सांसद मुक्ताकुमारीको उम्मेदवारीलाई निर्णयार्थ प्रस्तुत गर्नुपरेन ।

सत्ता गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेकी रानालाई सत्ता गठबन्धनको तर्फबाट रास्वपा सांसद सोविता गौतमले उपसभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेकी थिइन भने एमाले सांसद कृष्णगोपाल श्रेष्ठ, माओवादी सांसद नारायणी शर्मा र राप्रपा सांसद राजेन्द्रप्रसाद लिङ्देनले समर्थन गरेका थिए ।

Advertisement
Advertisement

यस्तै प्रतिपक्षी दलका तर्फबाट कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले कांग्रेस सांसद मुक्ताकुमारी यादवलाई प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेका थिए भने एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लाले समर्थन गरेका थिए । प्रतिनिधि सभाको अर्को बैठक यही माघ १० गते दिउसो १ बजेका लागि डाकिएको छ ।

Advertisement