Saturday, July 4

बालकोट पुगेका उपेन्द्रलाई ओलीले भने- सरकारमा सहभागी हुनुस्

नेपालअखबार, काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धलाई बलियो बनाउन आग्रह गरेका छन्।

Advertisement

जसपाका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा उनले त्यस्तो आग्रह गरेका हुन्। यादव शनिबार ओलीलाई भेट्न निवास बालकोटमा पुगेका थिए।

Advertisement
Advertisement

ओलीले जसपा अध्यक्ष यादवलाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धन बलियो बनाउन आग्रह गरेको ओलीको सचिवालयले जानकारी दिएको छ।

Advertisement

यसअघि निर्वाचनमा पनि मिलेर गएको र अब सरकारमा पनि मिलेर अगाडि बढ्नुपर्ने बताउँदै ओलीले यादवलाई सरकार गठनका क्रममा समस्या आउँदा सबैलाई मिलाएर लैजाने आश्वासन दिएका हुन्।

जसपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा सामेल भएको छैन।

जसपाका लागि २ मन्त्रालय खाली राखिएको छ। तर जसपाले असन्तुष्टि जनाउँदै सरकारमा सहभागी भएको छैन।

प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन्।