Friday, July 10

माओवादीले बोलायो स्थायी समिति बैठक

नेपालअखबार, काठमाडाैं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले स्थायी समिति बैठक बोलाएको छ। यही माघ १२ गते पेरिसडाँडामा बस्ने गरी माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको हो।

Advertisement

बैठकमा राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन तथा पार्टी संगठन र भावी कार्य योजना मुख्य एजेन्डा रहेका छन्।

Advertisement
Advertisement

त्यसैगरी यो बैठकमाा पछिल्लो राजनीतिक अवस्था, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको भूमिका, नेपाल समाजवादी पार्टीसँग एकतासहितका विषयमा पनि छलफल हुने एक नेताले बताए।

Advertisement

माओवादीले राष्ट्रपति निर्वाचनबारे केन्द्रीय समिति बैठकमै छलफल हुन सक्ने बताइएको छ। त्यहाँ पनि राष्ट्रपति निर्वाचनबारे कुरा हुने बताइएको छ। राष्ट्रपतिमा अध्यक्ष प्रचण्डले कांग्रेससहितको सहमति खोज्ने बताइरहेका छन्।