Saturday, May 9

नेताहरू जनताकाे  दुख सुखकाे साथी बन्न पर्छ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष   तथा प्रमुख अतिथि माधवकुमार नेपालले मुस्लिम इत्तेहाद संगठन नेपालकाे सकि्यताले नेपालमा रहेका मुस्लिम समुदायका समस्या समाधान गर्न सकिने बताए । अध्यक्ष नेपालले वि.स २०३५ सालमा भूमिगत राजनितिमा सक्रियता हुदा पनि आफ्नाे  इन्चार्ज तथा सहयाेगि मुस्लिम समुदायका व्यत्तित्व हरेकाे जान्कारी गराए । समाजवादकाे विचार सहित जनताका साथमा पुग्न पर्ने वर्तमान अवस्था रहेकाे बताए । नेताहरू जनताकाे  दुख सुखकाे साथी बन्न पर्छ। नेपालमा रहेका मुस्लिम समुदायका वस्ति वस्तिमा पुगेर समुदायका आवश्यकताहरू पहिचान गरि समाधानका लागि पार्टीमा सुझाव पेश गर्न पर्ने बताए ।

उपमहासचिव  तथा संगठन विभाग प्रमुख विजय पाैड्यलले संगठन विस्तार गर्नु सक्रियता देखाउन पर्ने बताए ।  उपमहासचिव  तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले संगठनहरूले  पार्टी केन्द्रिय कार्यालयमा आफ्नाे सुझाव पेश गर्दा प्रचार विभागलाइ जान्कारी गराउदा पनि उचित हुने बताए ।

Advertisement

उत्त बैठक अध्यक्ष ताज माेहम्मद मियाँकाे अध्यक्षतामा बसेकाे थियाे । उत्त बैठकले निम्नअनुसारका कार्य याेजना तय गर्दै  सचिवालयकाे बैठक आगामि फागुन १५ गते भित्र  सम्पन्न गर्ने,  प्रदेश कमिटीकाे बैठक यहि माघ मसान्त भित्र सम्पन्न गर्ने, जिल्ला भेलाहरू आगामि चैत्र मसान्त भित्र सम्पन्न गर्ने ,  नयाँ सदस्यता वितरण कार्य  फागुन देखि सुरू गर्ने ,  विधान मसाैदा तत्काल छपाइ गर्ने, सदस्यता पत्र छपाइ कार्य अघि बढाउने साथै जिम्मेवार हेरफेर   गर्दै माेहम्मद अव्दुललाई लुम्विनि प्रदेशकाे इन्चार्ज साथै अनारकली मियाँलाई कर्णाली प्रदेशकाे  इन्चार्ज ताेकेकाे छ ।

कार्यत्रम सञ्चालन  महासिचव अब्दुल खाँले सञ्चालन गरेका थिए । मुस्लिम इत्तेहाद संगठन नेपाल पदाधिकारीहरूले  सुझाव  तथा आफ्नाे विचार राखेका थिए ।

मुस्लिम इत्तेहाद संगठन नेपाल पदाधिकारीको बैठक पार्टी केन्द्रिय कार्यालयमा सम्पन्न भएकाे छ ।