प्रशासनसमाचार

प्रहरी चौकी प्रमुख सम्मको फोन नम्वर अब वेबसाईटमा

नेपालअखबार,  पोखरा ।  प्रहरी चौकी प्रमुख सम्मको फोन नम्वर अब वेबसाईटबाट नै हेर्न मिल्ने छ ।    सेवाग्राही र प्रहरीको विचमा विश्वासको वातावरण विकास गरी शान्ती सुरक्षासंग सम्बन्धित महत्वपुर्ण सुचनाहरु आदानप्रदानमा सहज गराउने उद्देश्यका साथ गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेश भरी भएका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र प्रहरी चौकी सम्मको कार्यालय र कार्यलय प्रमुखको सम्पर्क नम्वर गण्डकी प्रदेश प्रहरी कार्यालयको वेबसाईटमा हेरी सम्पर्क गर्नसकीने व्यबस्था गरेको छ ।

सेवाग्राहीले गण्डकी प्रदेश प्रहरी कार्यालयको वेबसाईट https://gandaki.nepalpolice.gov.np मा गई आफ्नो गुनासो वा समस्या कुन प्रहरी कार्यलयमा पुर्याउनुपर्ने सो कार्यालय र कार्यालय प्रमुखको सम्पर्क नम्बर प्राप्त गर्न सक्नेछन । यसबाट सेवाग्राहीले
आफुले चाहेको प्रहरी कार्यालय प्रमुखसंग सिधै सम्पर्क गरी आफ्ना गुनासा, समस्या वा सुरक्षा सम्बन्धी राय सल्लाह लिन सक्नेछन ।सेवाग्राहीहरुले Nepal Police Mobile Application बाट पनि नेपाल भर रहेका नेपाल प्रहरीका सवै प्रहरी कार्यालयहरुको सम्पर्क नम्वर प्राप्त गर्न सक्नेछन ।
प्रहरी सेवा प्रवाहलाई थप जनमुखी र चुस्त बनाई सहज सेवा प्रवाहका लागि गण्डकी प्रदेश प्रहरीको यो कार्यले महत्वपूर्ण भुमीका निर्वाह गर्ने गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङ बताउनुहुन्छ ।

आफुले सम्पर्क गर्न खोजेको प्रहरी कार्यलय प्रमुख सँग सिधै कुराकानी गर्ने अवसर पाएपछी प्रहरीसंग सहजै जनताको पहुच पुग्ने प्रहरी
नायव महानिरीक्षक गुरुङले बताउनुभयो ।
आफुले कुरा गर्न खोजेको कार्यालय प्रमुखको नाम, थर जानकारी हुँदा सेवाग्राही लाई आफ्ना समस्या राख्न सहज भई सुचना आदान प्रदान गर्ने कार्यमा विश्वासनियताको बिकास हुने तथा कार्यालय प्रमुखको

जिम्मेवारीमा रहेको प्रहरी कर्मचारीमा जिम्मेवारी तथा उत्तरदायित्व विकास हुन जाने र यसबाट समग्र सेवा प्रवाहमा सकारात्मक सुधारहुने अपेक्षा राखिएको छ ।

the authoradmin