Wednesday, August 19

दुई बर्षको तलबभत्ता समाजिक काममा

मोहसिन अलि मियाँ
गोरखा ।
गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले हालसम्मको तलब सुविधा समाज सेवामा लगाएको बताएका छन् ।

Advertisement

नेपाल प्रेस युनियन गोरखाले सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा बोल्दै साँसद दवाडीले प्रदेश सभा सदस्य बापत सरकारले दिने तलबमा आफ्नो समेत केहि रकम थप गरी समाज सेवामा खर्च गरेको बताएका हुन् ।

Advertisement
Advertisement

दुई बर्षमा उनले झण्डै २२ लाख रुपैया समाज सेवामा लगाएको बताए । ‘मैले साँसदको सपथग्रहण गरेकै दिन घोषणा गरेको थिए, मैले पाउने सम्पूर्ण सुविधा आफ्नो निर्वाचन क्षेत्रको विकासमा लगाउछु भनेको थिए’ उनले भने ‘सोही अनुसार मलाई सरकारले दिएको तलबमा मेरो ब्यक्तिगत रकम समेत थपेर बिभिन्न क्षेत्रमा खर्च गरेको छु ।’

Advertisement

उनले बिहिबार पत्रकार सम्मेलन मार्फत दुई बर्षमा खर्च गरेको रकमको विवरण समेत सार्वजानिक गरेका छन् ।

साँसद निर्वाचित भएपछि अघिल्लो बर्षको पुससम्म उनले सरकारबाट पाएको सुविधा ७ लाख ३० हजारमा ४ लाख ९० हजार ब्यक्तिगत रकम थप गरी १२ लाख २० हजार सामाजिक कार्यमा खर्च गरेको बताएका छन् ।

त्यस्तै २०७५ पुषदेखि हालसम्म ६ लाख ७९ हजारमा आफ्नो २ लाख ६० हजार थप गरि ९ लाख ३९ हजार समाज सेवा र विकास निर्माणमा खर्च गरेको बताए । ‘मेरो सम्पत्ती धेरै भएर जनतालाई बाँडेको होइन, मैले पहिला पनि आफ्नो कमाईको १० प्रतिशत समाजसेवामा लगाउदै आएको थिए’ साँसद दवाडीले भने ‘अहिले पनि त्यसलाई नै निरन्तरता दिएको हुँ, यो मेरो लगानी होइन सहयोग हो ।’

त्यस्तै उनले आफुले गर्ने सहयोगलाई समेत वर्गिकरण गर्दै पहिलो प्राथमिकता स्वास्थ्यलाई दिएको बताएका छन् । यसैगरी ग्रामिण सडक निर्माण एवं मर्मत, महिला तथा आमा समूहको क्षमता विकास एवं सिपमुलक कार्यक्रमलाई उनले प्राथमिता दिएर सहयोग गर्दै आएको उनले बताए ।

‘मेरो पहिलो प्राथमिकता स्वास्थ्य हो, मानिस स्वस्थ्य रहेन भने अरु केही हुन सक्दैन । उपचार नपाएर समस्या भएका कतिपय व्यक्तिहरुलाई सहयोग गर्ने गरेको छु’ उनले भने ‘एम्बुलेन्स खरिद, विद्यालय र आमा समुह, युवा क्लब लगायत आयमुलक काममा पनि मेरो सहयोग रहदै आएको छ ।’

गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा ख बाट निर्वाचित भएका साँसद दवाडीले नागरिकको माग र चाहना अनुसार रकम सहयोग गर्ने गरेको बताए । सरकारले दिएको तलवभत्तासंगै जापानमा रहेको आफ्नो ब्यवसायबाट भएको नाफाको केहि प्रतिशत उनले समाजसेवामा लगाएको बताए ।

‘मैले कहि कतैबाट कालोधन ल्याएर बाँडेको होइन, मेरो ब्यवसाय छ, त्यसकै आम्दानीबाट केहि प्रतिशत समाजसेवाका लागि छुट्याएको हुँ’ दुवाडीले भने ‘यो अभियान आगामी दिनमा पनि जारी रहन्छ ।’

समाजसेवामा आफुले गरेको सहयोगबाट केहि ब्यक्ति तथा समुह आत्तिएको भन्दै उनले अनर्थ नसोचिदिन समेत आग्रह गरे । ‘मैले समाजसेवाको नाममा राजनीति गरेको छैन, म ब्यक्ति हुँ सेवा गर्न त पाउनुप¥यो नि ।’

नेपाल प्रेस युनियन गोरखाका अध्यक्ष नरेन्द्र ढकालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली काँग्रेस गोरखाका सभापति हरिबहादुर घलेले विकास निर्माणमा कुनै पनि पार्टी वा ब्यक्तिले राजनीति गर्न नहुने तर्क गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *