
नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले भूकम्पले प्रभावित क्षेत्रका बासिन्दाको उद्धारमा खटिन निर्देशन दिएको छ । मंगलबार नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित क्षेत्रका बासिन्दाको उद्धारमा खटिन पार्टी तथा संगठनका नेता तथा कार्यकर्तालाई निर्देशन दिनु भएको हो ।
विज्ञप्तिमा एकीकृत समाजवादीले भूकम्प पीडित जनताको राहत तथा उद्धारका लागि संघीय, प्रदेश तथा स्थानीय सरकारसँग माग गरेको छ । मंगलबार दिउँसो बाजुरा जिल्लाको मौला आसपास गएको भूकम्पले सुदूरपश्चिम र कर्णाली प्रदेशमा क्षति गरेको छ ।


