Wednesday, April 29

माघ २१ र २२ मा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले  केन्द्रीय समिति बैठक बोलाएकोक छ । यही माघ २१ र २२ गते बस्नेगरी बैठक बोलाएको पार्टीद्वारा जारी अन्तर संगठन निर्देशिका ३ मा उल्लेख छ ।

बैठकको कार्यसुचीमा निर्वाचन समीक्षा प्रतिवेदनमाथि छलफल, समसामयिक प्रस्तावर विविध रहेको जनाइएको छ । पार्टीका महासचिव डा. बेदुराम भुसालद्वारा जारी अपानी ३ मा  पार्टी तथा संगठनका कमिटीहरु अद्यावधिक गर्ने,सदस्यता नवीकरण तथा वितरण गर्ने,पार्टी कमिटी गठन हुन बाँकी रहेका पालिका तथा विशेष इलाकाहरुमा २०७९ चैत मसान्तभित्र कमिटी गठन गर्ने निर्देशन गरिएको छ ।

Advertisement

त्यस्तै सवै वडाहरुमा २०८० वैशाख १५, पालिका अधिवेशन वैशाख मसान्तभित्र २०८० जेठ मसान्तभित्र सबै जिल्लामा जिल्ला अधिवेशन तथा २०८० कात्तिक मसान्तभित्र सबै प्रदेशमा प्रदेश अधिवेशन गर्न पार्टीले निर्देशन दिएको थियो ।

त्यसैगरी आगामी फागुन मसान्तभित्र सबै जनवर्गीय, पेशागत र सामुदायिक सङ्गठनका जिल्ला सम्मेलनर अधिवेशन, चैत मसान्तभित्र सबै जनवर्गीय, पेशागत र सामुदायिक सङ्गठनका प्रदेश सम्मेलनरअधिवेशन गरिसक्न भनेको निर्देशन दिएको छ ।