धर्म/संस्कृतिप्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

आज पृथ्वी जयन्ती ! हिजो के के भए र आज के छ कार्यक्रम ?

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मोत्सव विभिन्न कार्यक्रम गरी धुमधामले मनाइदै छ ।
एकता दिवशको अबसरमा गोरखा नगरपालिकाले विशेष कार्यक्रम आयोजना गरेको छ ।

‘बर्तमान नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै औपचारिक रुपमा दिवश मनाउने हाम्रो प्रयास हो’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ‘राष्ट्रले उहाँलाई सम्झनु पर्ने हो । तर त्यस्तो हुन सकेन्, स्थानीय सरकारको हैसियतमा हामी दिवश मनाउदैछौं ।’

झाँकी सहितको ¥याली र कोणसभा
सो अबसरमा आज आइतबार १४ वटै वडाका सांस्कृतिक झाकी सहितको ¥याली प्रर्दशन गर्ने तयारी गरिएको छ ।

खेलकुद मैदान हरमटारीबाट सुरु हुने ¥याली गोरखा संग्राहलय परिसरमा पुगेर कोण सभामा परिणत हुनेछन् ।

‘सकेसम्म सबै जातजाती धर्म र सम्प्रदायको पहिचान झल्काउने प्रयास गरेका छौं’ ¥याली संयोजक भगवानबाबु मास्केले भने ‘यो कार्यक्रमले गोरखा सदरमुकाम आसपासमा रहेका कला र संस्कृति जर्गेना गर्न पनि मद्दत पुग्छ भन्ने विश्वास छ ।’

पृथ्वीनारायण शाह र गोरखाको इतिहासका बारे प्रवचन
यसैविच दिवशकै अबसरमा शनिवार पृथ्वीनारायण शाहको एकिकरण सम्बन्धि प्रवचन तथा अन्तक्रिया कार्यक्रम भएको छ ।

नगरप्रमुख पन्तको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इतिहास संघका महासचिव डा. डोलराज काफ्लेले ‘गोरखा राज्यको इतिहासमा शिखर पुरुष बडामहाराजाधिराज पृथ्वीनारायण शाह’ विषय अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

उक्त ११ पेज लामो अवधारणा पत्रमा पृथ्वीनारायण शाहको समग्र जीवनी र गोरखा राज्य हुँदै नेपाल राष्ट्र निर्माणको बारेमा चर्चा गरिएको छ ।

अवधारणा पत्र माथि गोरखा क्याम्पसका सह–प्राध्यापक यदु अधिकारी र गोरखा संग्रहायका प्रमुख नवराज अधिकारीले टिप्पणी गर्दै पृथ्वीनाराण शाहका सन्र्दभमा रहेका विभिन्न कुराहरुको उजागर गराएका थिए ।

उनको इतिहास जति अध्ययन गरेपनि अपुग रहेको भन्दै टिप्पणीकारहरुले सत्यतथ्य बाहिर ल्याउन अध्येताहरु लाग्नु पर्नेमा जोड दिएका थिए ।

गोरखा नगरपालिका र नेपाल पत्रकार महासंघ गोरखा शाखाको आयोजना भएको कार्यक्रममा जिल्लाका विभिन्न व्यक्तिहरुले शाहका सन्र्दभमा जोडिएका जिज्ञासा र प्रशङ्ग राखेका थिए ।

भिडिओ सहितको गीत सार्वजानिक
सोही अबसरमा गोरखा नगरपालिकाले निर्माण गरेको प्रवद्र्धनात्मक गीत समेत सार्वजानिक गरिएको थियो ।

डा. राजुबाबु श्रेष्ठ र सुनिल मास्केले नगर क्षेत्रका धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकिय क्षेत्रहरुलाई समेटेर तयार गरेको उक्त गीत जिल्ला समन्वय समिति प्रमुख गुरुङले सार्वजानिक गरेका हुन ।

६ स्थानीय तहमा सार्वजानिक विदा
दिवशको अबसरमा आज गोरखा नगरपालिका सहित, पालुङ्टार, सिरानचोक, भीमसेन थापा, अजिकोट र धार्चे गरी ६ वटा स्थानीय तहले सार्वजानिक बिदा समेत दिएका छन् ।

सरसफाई कार्यक्रम
यसै विच दिवशका सन्र्दभमा गोरखा नगरपालिकाले सरसफाई समेत गरेको छ । जनप्रतिनिधि, कर्मचारी, टोल बिकास संस्था र नगरबासीको सहभागीतामा सदरमुकामको बजार क्षेत्रमा सरसफाई गरिएको हो ।

साइकलन ¥याली
पृथ्वीजयन्तीकै अबसरमा आज कुरिनटारको चेरेसदेखि गोरखा संग्रहालयसम्म साइकल ¥याली हुँदैछ ।

प्याङ्क वाइक नामक संस्थाको आयोजनामा झण्डै १५ जनाको टोली साइकल यात्रामा सहभागी हुन लागेको कार्यक्रम संयोजक प्रताप न्यौपानले जानकारी दिए । सदरमुकाम बाहेक जिल्लाका विभिन्न ठाउँ र काठमाण्डौमा पनि दिवश मनाइदै छ ।

the authoradmin

Leave a Reply