राजनीतिसमाचारहाइलाइट-समाचार

काठमाडाैंमा बार्है महिना खानेपानी लैजाने याेजना : मन्त्री खान

Nepal Akhabar

नेपालअखबार, काठमाडाैं । खानेपानी मन्त्री अब्दुल खानले  बजेट बक्तव्य मार्फत भंग गरीएको मेलम्ची खानेपानी बिकास समितिमा देखिएकोे नितीगत समस्यालाई हल गर्दै कर्मचारीहरुको समस्यालाई पनि सम्बोधन गरीने बताउनु भएको छ ।   बार्है महिना मेलम्चीको पानी काठमाडौ बासिले खान पाउनेगरी काम अगाडी बढाउने बताउनु पर्ने  मन्त्री खानले बताए ।

मन्त्री खानले  शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका —१ अम्बाथान स्थित मेलम्ची खानेपानी आयोजनाको मुहान स्थल निरीक्षणका लागि पुगेका थिए । मन्त्री खानले आयोजना नियमित संचालनको लागि लाग्ने खर्च र प्राबिधिक कुरा बारे आबश्यक छलफल गरी फास्टट्रयाकमा काम गरीने बताए । सोही क्रममा मन्त्री  खानले स्थनीयबासिहरुबाट उठेका मागलाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए ।


मेलम्ची खानेपानी बिकास समितका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले मेलम्ची खानेपानी आयोजनामा हालसम्म भएको लगानी २०७८ असार मा गएको बाढीले पु¥याएको क्षति र नियमित आयोजनामा संचालनको लागि गर्नुपर्ने कामहरुका बिषयमा समेत बिस्तृत जानकारी दिए  । श्रेष्ठले खानेपानी समिति नहुँदा तलव, मर्मत र महत्वपूर्ण निर्णय गर्न समस्या भएको बताए  ।

२०७८ असार १ र साउन १७ गतेको मेलम्ची बाढीले मेलम्ची खानेपानी आयोजनामा करिब दुई अर्बको क्षति पुगेको पूर्वानुमान गरिएको छ । आयोजनाको मुहान स्थलमा निार्माण भएकोे पक्की संरचनाहरु पक्की बाँध, गेट, जेनेरेटर घर, कन्ट्रोल हाउस पुरिनुका साथै निर्माण सामाग्री र निर्माण उपकरणहरु र कन्ट्रयाक्टर लेबर क्याम्प समेत बगाएको थियो ।
आयोजना निरीक्षणका क्रममा मन्त्री खान सहित खानेपानी सचिव मणिराम गेलाल खानेपानी विकास समितिका कार्यकारी निर्देशक श्रेष्ठ विभिन्न क्षेत्रको विज्ञ टोलि लगायत मुहान स्थल पुगेका थिए ।

the authoradmin