Uncategorizedप्रदेश ४समाज

पन्थेश्वाँराका ८३ धुरीमा घरैपिच्छे धारा

गोरखा नगरपालिका वडा नम्बर ४ फिनामको पन्थेस्वाँराका ८३ धुरीमा घरैपिच्छे धारा जडान भएको छ ।

तुलसी मेयर युनेस्को क्लव, गोरखा नगरपालिका र स्थानीयको श्रमदानमा निर्माण भएको पन्थेस्वाँरा खानेपानी उपभोक्ता आयोजनाबाट सो संख्याका घरमा घरघरै धारा जडान गरिएको हो ।

क्लवको ३९ लाख ४१ हजार, १४ लाख ९६ हजार स्थानीयको श्रमदान र ८ लाख ५० हजार गोरखा नगरपालिकाको लगानी गरी ६२ लाख ८० हजार लागतमा निर्माण भएको आयोजनाको मंगलबार एक कार्यक्रमका बिच नगरप्रमुख राजनराज पन्तले उद्घाटन गरेका छन् ।

लिफ्टीङ प्रणालीद्धारा ल्याइएको खानेपानी आयोजनामा उपभोक्तालाई न्यूनतम मासिक तीन सय रुपैयाँ दर तोकिएको छ ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख पन्त, वडा नम्बर ४ का अध्यक्ष रामशरण अधिकारी, तुलसीमेयर युनेस्को क्लवका अध्यक्ष धिरजबहादुर मास्के, सचिव कृष्णकुमार श्रेष्ठ, दातृ संस्था मग म्याग्डोनाल्डकी कार्यक्रम संयोजक गिता लिम्बु, खिलबहादुर कुँवर, विष्णुबहादुर कुँवर लगायतले धारणा राखेका थिए ।

the authoradmin

Leave a Reply