राजनीतिसमाचार

शहरबजारका जनताकाे लागि मात्र हाेइन सिंहदरवार : खानेपानी मन्त्री खान

नेपालअखबार, काठमाडाैं । खानेपानी मन्त्री अब्दुल खानले खानेपानी साथै सरसफाइ जनताकाे जिवनसंग जाेडिएका विषय भएकाले कुनै लापरवाही  हुन नदिने बताएका छन् । शहरबजारका जनताकाे लागि मात्र हाेइन सिंहदरवार गाँउवस्ति सम्म पुग्ने याेजना रहेकाे मन्त्री खानले जानकारी दिए । खानेपानी मन्त्री खानले  ७५३ पालिकालाई पत्राचार गरिएकाे जान्कारी दिए  ।

नेपाली जनताकाे वास्तिवक रूपमा खानेपानी तथा सरसफाइमा कस्ताे अवस्था रहेकाे छ जानकारी  लिन स्थानीय निकायसंग सहकार्य गर्न लागेकाे बताएका छन् । मेराे  पहिलाे प्राथमिकता  नेपाली जनताकाे घरदैलाेमा शुद्धखानेपानी साथै सरसफाइका विविध याेजनाहरू पुगेका छन् कि नाइ साे विषायकाे जानकारी लिएर  अघि बढ्ने बताए ।

मन्त्री खानले भने नेपाल सरकारले लिएको एक घर एक धाराको नीति, दिगो विकास लक्ष्यले निर्धारण गरेका लक्ष्यहरूको यथार्थ चित्रण तथा लक्ष्य पूरा गर्न अवलम्बन गर्नुपर्ने योजना खाकाको तयारी लगायत खानेपानी तथा सरसफाइका विविध विषयहरूमा निरन्तर
छलफलका लागि प्रत्येक स्थानीय तहहरूमा वास युनिट (WASH Unit) को स्थापना हुनुपर्ने   भएता पनि कतिप्रय  स्थानीय तहमा वास युनिट स्थापना नभएका भए स्थापना गर्न पर्ने बताएका छन् ।  खानेपानी मन्त्रालयको अवधारणा बमोजिम केही स्थानीय तहहरूले वास युनिटको स्थापना गरी WASH Plan समेत तयार गरिसकेका  पनि बताए ।

खानेपानी  मन्त्रालयले  सबै स्थानीय तहहरूलाई शिघ्र वास युनिटको स्थापना गर्न तथा त्यसरी स्थापना भएका वास युनिटका
प्रमूख वा प्रतिनिधिको नाम, सम्पर्क मोबाइल नम्बर उपलब्ध गरिदिनका लागि सबै स्थानीय तहहरूमा पत्राचार गरी सहयोग
गरिदिनुहुनभनि  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार काठमाडौंमा निर्देशानुसार अनुरोध छ ।

 

 

 

the authoradmin