प्रदेश ४शिक्षासमाचार

राम्चेको ३१ औं बार्षिकउत्सव सम्पन्न

शहिद लखन गाउँपालिका ८ मा रहेको राम्चे आधारभुत विद्यालयको ३१ औं बार्षिकउत्सव सम्पन्न भएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रम कै अवसर पारेर राम्चे भू.पू. विद्यार्थी मञ्चले अध्ययनरत विद्यार्थीलाई छात्रबृद्धि समेत वितरण गरेको सचिव राजेश श्रेष्ठले जानकारी दिए ।

सो अवसरमा स्थानीय बुद्धिराम श्रेष्ठले आफ्नी स्वर्गिय बुवा आमाको सम्झनामा विद्यालयमा झम्कसुन्तली स्मृती अक्षय कोषको समेत स्थापना गरेका छन् ।

कार्यक्रममा विद्यालयमा योगदान पु¥याउने ब्यक्तिहरुलाई सम्मान समेत गरिएको विद्यालयले जनाएको छ ।

बार्षिकउत्सव समारोहमा शहिद लखन गाउँपालिका ७ का वडाध्यक्ष शरण श्रेष्ठ, ड का वडाध्यक्ष काशीनाथ अम्गाई लगायतले बोलेका थिए ।

the authoradmin

Leave a Reply