प्रविधिसमाचार

नेपाल टेलिकमको ५जी नेटवर्क ट्रायल थालियो

Nepal Akhabar

नेपालअखबार, काठमाडौँ ।  नेपाल टेलिकमले पहिलो पटक पाँचौं जेनेरेसनको मोबाइल नेटवर्क- ५जी को आन्तरिकरुपमा परीक्षण सुरु गरेको छ । कम्पनीले माघ २२, मा आफ्नो १९ औं वार्षिकोत्सवसँगै सबैभन्दा ठूलो र सबैभन्दा उन्नत वर्तमान नेटवर्क लाइभमा ल्याएको छ ।
कम्पनीको यो परियोजनालाई विश्वको अग्रणी दूरसञ्चार गियर विक्रेता ह्वावेले सहयोग गरेको जनाइएको छ ।

चिनियाँ टेक जाइन्टले ‘नेपालमा पहिलो पटक’ धेरै प्रविधिहरू लन्च गर्नमा मुख्य भूमिका खेलेको जनाइएको छ । यसअघि ह्वावेले नेपाललाई ४जी, इन्टेलिजेन्ट नेटवर्क, आईभीआर र आईपी टेलिफोनीमा आईफी मल्टिमिडिया सबसिस्टम, टुजी झीएसएम र सीडीएमएलगायतका नेटवर्क लन्च गर्न मद्दत गरेको थियो ।

हाल नेपाल टेलिकमको ५जी हुवावे, साओमी र भिभोजस्ता ब्रान्डहरूको ह्यान्डसेटहरूमा काठमाडौँका टेलिकमका कर्मचारीसहित सीमितमा उपलब्ध हुने जनाइएको छ ।  “नेपाललाई नेटवर्क पूर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा ह्वावे सम्मानित छ । “इन नेपाल, फर नेपाल” मिशनको साथ ह्वावेले देशभरका ३० मिलियनभन्दा बढी मानिसहरूलाई उच्च गुणस्तरको नेटवर्क कनेक्टिभिटि उपलब्ध गराउन प्रतिबद्ध छ; ह्वावेले नेपाल डिजिटल रूपान्तरणलाई गति दिन रुरल युनिभर्सल कभरेज, 4G/5G कनेक्सनहरू, डिजिटल सरकार र स्थानीय ICT ट्यालेन्ट डेभलपमेन्टमा निरन्तर लगानी गर्नेछ,” ह्वावेले भनेको छ ।

अहिलेको लागि, कम्पनीले ५जी परीक्षणबाट आफ्नो डाटा सङ्कलन गर्नेछ । त्यससँगै नतिजाको विश्लेषण गरेर  परीक्षण परिणामको आधारमा यसको व्यावसायिक सुरुवात हुने जनाइएको छ ।

the authoradmin