प्रदेश ४राजनीतिसमाचार

कम्युनिष्ट सरकार नाता र दातामा फस्यो

मोहसिन अलि मियाँ
गोरखा ।
कम्युनिष्ट सरकार नाता र दाताको भुमरीमा फसेको नेपाली काँग्रेसका नेता रामहरी खतिवडाले आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन गोरखाले सोमबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पछिल्लो समय सरकार नातावाद र दातावादमा फसेको बताए । ‘दुईतिहाई सरकारबाट जनताले धेरै अपेक्षा गरेका थिए’ पूर्व साँसद समेत रहेका खतिवडाले भने ‘तर अपेक्षा ठिक उल्टो भइदियो, अहिले सरकार नाता र दाता हेरे अघि बढेको छ ।’
सभामुखको चुन्नका लागि नेकपालाई धौ–धौ भएको बताउदै उनले संसदीय ब्यवस्था समेत असफल बनाउन सरकार स्वयम लागिपरेको बताए ।

‘कसका मान्छेलाई सभामुख बनाउने भन्ने किचलोले ४ महिना बित्यो, आफ्नै आन्तरिक किचलोमा सरकार डुब्यो’ उनले भने ‘संसदीय ब्यवस्थाको अपमान सरकार आफैले गर्दैछ ।’

प्रधानमन्त्री केपी शर्मा ओली वालुवाटारबाट शिंहदरबार जान नसक्ने अवस्था सृजना भएको बताउदै खतिवडाले आसेपासेको घेराबन्दीमा देश परेको आरोप लगाए । जनताका अपेक्षा अनुरुप विकासले गति लिन नसेको उनको तर्क थियो ।

‘प्रधानमन्त्री स्वास्थ्यका कारण वालुवाटारवाट शिंहदरवार जान सक्नुहुन्न, उहाँ आफै आसेपासेको घेराबन्दीमा पर्नुभएको छ, संविधानले नै नचिनेका मान्छेको हातमा देश जाने खतरा बढ्यो ।’

वर्तमान सरकार ५ बर्षसम्म नटिक्ने ठोकुवा गर्दै उनले आन्तरिक किचलोमा नेकपा फसेको बताए । पछिल्लो समय राष्ट्रियताका मुद्धामा सरकार कमजोर बन्दै गएको उनको टिप्पणी छ ।

‘लेखेर राख्नुस् आफ्नै कारणले यो सरकार ५ बर्ष टिक्दैन’ नेता खतिवडाले भने ‘यसको फाइदा काँग्रेसले लिनुपर्छ, अब मध्यावधी निर्वाचनको तयारी काँग्रेसले गर्नुपर्छ ।’
पछिल्लो समय संसदमा विचारधिन रहेका प्रेस काउन्सिल, सुचना तथा प्रविधी लगायतका विद्येयकले जनताका स्वतन्त्रता खोस्ने तर्क उनको छ ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष नरहरी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा खतिवडाले एमसीसी देशका लागि हितकर रहेको बताए । ‘एमसीसीमा यत्रो लफडा गर्नुपर्छ भन्ने नै लाग्दैन, यो देशकै हितमा छ’ उनले प्रश्न गरे ‘विना सर्त कसैले विकासमा लगानी गर्छ भने किन अफ्ट्यारो मान्ने ?’

the authoradmin

Leave a Reply