राजनीतिसमाचार

चालू आर्थिक वर्षको ६ महिनामा भएका प्रमुख काम यस्ता छन्

नेपालअखबार, काठमाडौँ । चालू आर्थिक वर्षको ६ महिनामा सरकारले मुख्य १३ वटा काम गरेको छ । आर्थिक क्षेत्रको सुधार र अर्थतन्त्रलाई मजबुत बनाउनका लागि सरकारले मुख्य १३ काम गरेको जानकारी गराएको छ । आज चालू आर्थिक वर्षको बजेट समीक्षा गर्दै दर्जनभन्दा धेरै मुख्य काम गरेको जानकारी दिएको हो ।

चालू आर्थिक वर्षको ६ महिनामा भएका प्रमुख काम

– आर्थिक वर्ष २०७९÷८० को राजस्व नीति तथा कार्यक्रम एवं कार्यान्वयन कार्य योजना तयार गरी कार्यान्वयनमा ल्याइएको ।

– आर्थिक ऐन, २०७९ ले प्रदान गरेका विभिन्न छुट सुविधाहरूको कार्यान्वयन गरिएको ।

– सचिव (राजस्व) को संयोजकत्वमा Mission tax  कार्यदल गठन गरी स्थलगत अनुगमन तथा सुधारको काम सुरु गरिएको ।

– राजस्व चुहावट नियन्त्रण समिति र अनुगमन समितिको सक्रियता बढाइएको ।

– राजस्व चुहावट नियन्त्रणका लागि अन्तरनिकाय समन्वय तथा सूचना आदान प्रदानको कार्य गरिएको ।

– भन्सार विभाग तथा मातहत कार्यालयबाट ड्ब्लुएन/एलएएनमार्फत गरिने अनुगमनलाई थप प्रभावकारी बनाइएको, अन्य निकायबाट प्राप्त राजस्व छलीको सूचनाको विश्लेषण गरी सुधारात्मक उपायहरू तत्काल कार्यान्वयनमा ल्याउने काम भएको ।

– अन्तःशुल्क स्टीकरको अन्तर्राष्ट्रिय बोलपत्र स्वीकृत गरी खरिद प्रक्रिया सुरु गरिएको ।

– विद्युतीय सेवा कर तथा गैरबासिन्दा व्यक्तिले प्रयोग गर्ने विद्युतीय सेवामा मूल्य अभिवृद्धि कर सम्बन्धी कार्यविधि, २०७९ कार्यान्वयनमा ल्याइएको ।

– कनेक्ट आईपीएसमार्फत राजस्व भुक्तानी गर्दा विगतमा सीमा तोकिएकोमा जतिसुकै रकम कर तिर्न सकिने व्यवस्था गरी e-payment को दायरा विस्तार गरिएको ।

– भौचर ट्र्याकिङ सिस्टम कार्यान्वयनमा ल्याइएको ।

– अग्रिम कर कट्टी भएको कर रकम ई–टीडीएस भएमा अनुसूची १० मा स्वचालित रूपमा आउने भई अनुसूची १० तयार हुने प्रणाली कार्यान्वयनमा ल्याइएको ।

– आयकरको एटीआरमा स्वयं कर निर्धारण र संशोधित कर निर्धारणको फरक कर (कर, शुल्क र ब्याज) मात्र स्वचालित रूपमा जाने गरी प्रणाली कार्यान्वयनमा ल्याइएको ।

– करदाताको आयकरको विवरण, अन्तःशुल्कको विवरण हेर्नको लागि छुट्टा छुट्टै रिर्टन डिटेल बनाई अलग्गै हेर्न सकिने गरी सुधार गरिएको ।

the authoradmin