राजनीतिसमाचार

पूर्वप्रधानमन्त्री झलनाथ खनाल भोलि भारत जाने

Nepal Akhabar

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भारत भ्रमणमा जाने भएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनाल बिहीबार भारतको पटना जान लागेका हुन् । भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनका लागि आएको निमन्त्रण अनुसार पार्टी प्रतिनिधित्व गर्दै नेता खनाल त्यसतर्फ जान लागेका हुन् ।

‘बिहीबार १० बजे बुद्ध एयरको उडानबाट दुई दिनका लागि भारतको पटना जान लाग्नुभएको हो’, नेता खनालको सचिवालयले जनाएको छ । त्यस क्रममा नेता खनालले राजनीतिक भेटघाट समेत गर्ने बुझिएको छ । उनले भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

नेपालमा राष्ट्रपति निर्वाचन पेचिलो बनिरहेका बेला राष्ट्रपतिका आकांक्षी समेत रहेका खनालको भारत भ्रमणलाई विशेष अर्थका रुपमा हेरिएको छ ।

the authoradmin