Tuesday, April 21

अनेरास्ववियूको आयोजनामा अखिल कप सुरु

नेपालअखबार, पोखरा । अनेरास्ववियू कास्की जिल्ला कमिटीले आयोजना गरेको फुटबल प्रतियोगिता अखिल कप  २०७९ को उद्दघाटन अनेरास्ववियू केन्द्रिय अध्यक्ष सुदेश पराजुलीले गर्नुभएको छ ।

अखिल रचनात्मक र सिर्जनात्मक आन्दोलनको पर्याय पनि भएको र यसले शैक्षिक विकृति विसंगतिका विरुद्ध निरन्तर आन्दोलन गर्दै आएको र यो जिम्मेवारी अब नयाँ बिद्यार्थीहरुले लिनुपर्ने अध्यक्ष पराजुलीले बताउनुभयो ।

त्यस्तै अध्यक्ष पराजुलीले मंगलवार एमाले निकट अनेरास्ववियुको उद्द्घाट्नमा एमाले अध्यक्ष केपि ओलिले भनेको भनाइप्रती कटाक्ष गर्दै भन्नुभयो“तिनले हानेका छक्का यो अनेरास्ववियूले क्याच आउट गर्छ ।” उहाँले  स्ववियु निर्वाचनमा पृथ्वीनारायण क्याम्पसमा पनि बिजय को झन्डा फहराउने उद्दघोष गर्नुभयो ।

Advertisement

फुटबल प्रतियोगीतामा प्रथम ,दृतिय ,तृतीय हुनेले क्रमशः पचास हजार, तीस हजार र बीस हजार प्राप्त गर्नेछन् । अनेरास्ववियू कास्की जिल्लाअध्यक्ष बज्रराज अधिकारिको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको संचालन अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसका अध्यक्ष रसिक न्यौपानेले गनुृभएको थियो भने, स्वागत मन्त्व्य महानगर अध्यक्ष संगम आचार्यले गर्नुभएको थियो ।