
नेपालअखबार, काठमाडौं । सात वटा संवैधानिक आयोगका अध्यक्षहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर स्रोत, साधन र कर्मचारी दरबन्दी थप गर्न माग गरेका छन् ।
बिहीवार सिंहदरबारमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका अध्यक्षहरुले संयुक्त रुपमा प्रधानमन्त्रीलाई भेटेका थिए ।
भेटमा आयोगका अध्यक्षहरुले आ–आफ्नो आयोगमा भएका समस्याहरु प्रधानमन्त्री समक्ष राखेको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिए ।
उनले भने, ‘समुदायको उत्थान र विकासको जुन उद्देश्यले आयोगहरु गठन गरिएको छ त्यसको लागि पर्याप्त स्रोत, साधन, कर्मचारीको दरबन्दीदेखि लिएर हरेक कुराको व्यवस्थापन हुनुपर्ने तर त्यो एकदमै न्युन भएको कारणले हामीले आ–आफ्ना आयोगका समस्याहरु प्रधानमन्त्री समक्ष राख्यौं ।’

