सिरानचोक गाउँपालिका स्तरिय दोश्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा महेन्द्रलीला मावि हर्मी पहिलो भएको छ ।
महेन्द्र लीलाले ८ स्वर्ण, ६ रजत र ४ सहित १८ पदक प्राप्त गरेको छ । यसैगरी ७ स्वर्ण, ३ रजत, ३ कास्य गरी १३ पदक सहित परोपकार आर्दश मावि जौवारी दोश्रो भएको छ । संसारी महेन्द्र मावि नयाँसाघु भने तेश्रो भएको छ । नयाँसाघुले ६ स्वर्ण, ८ रजत, ५ कास्य सहित १९ पदक प्राप्त गरेको छ । वडा नम्बर ७ कोखेलमैदानमा माघ ३ गतेबाट सुरु भएको प्रतियोगिता मंगलबार सकिएको हो ।
प्रतियोगितामा १६ विद्यालयका विद्यार्थीले विभिन्न ३० विद्यामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको एक कार्यक्रममा वीच जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले समापन गरेका हुन् । सो अबसरमा बोल्दै गुरुङ विद्यार्थीमा लुकेर रहेका प्रतिभा उजागर गर्न प्रतियोगिता सफल भएको बताए ।
गाउँपालिका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सिरानचोक गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख ज्ञानेन्द्र पोखरेलले प्रतियोगिताको बारेमा जानकारी गराएका थिए । प्रथम हुने विद्यालयले शिल्ड, दोश्रो र तेश्रो हुनेले कप पुरस्कार पाएका छन् । प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीले जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।
कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका कार्यवाहक अध्यक्ष शान्तसिहं बस्नेत, गाउँपालिकाका प्रमुख प्रशासयिक अधिकृत भेष बहादुर कुँवर लगायतले मन्त्व्य राखेका थिए ।
Nepal Akhabar > Blog > प्रदेश > प्रदेश ४ > सिरानचोककाे दोश्रो राष्ट्रपति रनिङ शिल्डकाे उपाधी महेन्द्रलीला माविलाइ
