अर्थप्रदेश ४समाचारसमाज

प्रशासन कार्यालयमा बाणिज्यको एटिएम

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर र एटिएम बुथ उद्घाटन भएको छ । शुक्रबार एक कार्यक्रमका वीच जिल्ला प्रशासन कार्यालयमा रहेको काउन्टर र प्रहरी कार्यालय परिसरमा रहेको एटिएम बुथ औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो ।

बैंकको ५५ औं वार्षिक उत्सवको अबसरमा प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले रुपमा दुबै सेवाको उद्घाटन गरेका हुन् । उक्त दुबै सेवा यस अघि नै सञ्चालनमा आइसकेका थिए ।

सरकारी कार्यालयको राजस्व संकलनका लागि एक्सटेन्सन काउन्टर र हरमटारी क्षेत्रका सेवाग्राहीलाई लक्षित गरी एटियम बुथ राखिएको बैंक प्रबन्धक कपिल कार्कीले बताए ।

the authoradmin

Leave a Reply