Saturday, July 4

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति

नेपालअखबार, काठमाडौँ । आसन्न राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने आठ दलबीच सहमति भएको छ । बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा आठै दलले चुनावमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति बनेको नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले  जानकारी दिएका हुन्

Advertisement

प्रधानमन्त्री निवासमा भएको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement

यता नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ल्याएको प्रस्तावमा बैठकमा उपस्थित आठै दलले समर्थन जनाएको  जानकारी दिए । उनले भने, ‘आजको बैठकमा प्रधानमन्त्रीज्यूले संसद्को सबैभन्दा ठूलो दललाई राष्ट्रपति बनाउन उचित हुने प्रस्ताव ल्याउनु भयो । आठवटै दलले त्यो प्रस्तावमा समर्थन जनायौँ ।’

Advertisement

सत्ता साझेदारीका अन्य विषय भने आगामी बैठकमा छलफल हुने उनको भनाई थियो ।