Tuesday, May 12

गृह जिल्लाको भ्रमण उपलब्धिमूलक र अर्थपूर्ण भएको अर्थ मन्त्री शाहीको भनाई

नेपालअखबार, धनगढी । नेकपा एकीकृत समाजवादका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले गृहजिल्लाको भ्रमण सकेर  प्रदेश राजधानी धनगढीमा फर्किनुभएको छ ।

जिल्लामा  आयोजना भएको १३ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन  गर्न बाजुरा पुग्नुभएका मन्त्री शाही करिव एक हप्ताको गृहजिल्ला बाजुराको भ्रमण  सकेर शनिबार धनगढी फर्कनु भएको हो ।

Advertisement

मन्त्री शाहीले बाजुराका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, मतदाता, सर्वसाधारण जनता जिल्ला स्थित कार्यालय प्रमुखहरू पाटीका नेता कार्यकर्ता सँग भेटघाट गर्नु भएको थियो । मन्त्री शाही गृहजिल्ला पुगेपछि स्थानीयले भव्य स्वागत गरेका थिए भने विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले सम्मान सहित बधाई तथा चियापान कार्यक्रमको आयोजना गरेर सम्मान गरेका थिए ।

बाजुराले प्रदेशको महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएको र  मन्त्री शाहीले सुदूरपश्चिमको विकासमा निकै महत्वपूर्ण  भूमिका खेल्नेमा आफूहरू विश्वस्त रहेको नागरिक समाज बाजुराका अध्यक्ष जनेश भण्डारीले बताएका छन । आफूहरूले दिएको अमूल्य  मतको कदर भएको भन्दै स्थानीय मतदाताले निकै खुसी व्यक्त गरेका थिए । गृह जिल्ला बाजुराका एक साताको भ्रमण उपलब्धिमूलक र अर्थपूर्ण  भएको आर्थिक मामिला मन्त्रीको सचिवालयले जनाएको छ ।