Monday, July 13

बागलुङमा भिरबाट लडेर बालिकाको मृत्यु

नेपालअखबार, बागलुङ। बागलुङमा एक बालिकाको भिरबाट लडेर मृत्यु भएको छ।

Advertisement

बरेङ गाउँपालिका वडा नम्बर १ धुल्लुबास्कोटकी ८ वर्षीया प्रतिक्षा घर्ती मगरेको भिरबाट लडेर मृत्यु भएको हो।

Advertisement
Advertisement

उनी मंगलबार विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन्।

Advertisement

मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले बताए।

उनी साथिसित घरबाट विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन्।

शव परीक्षणका लागि सदरमुकाम बागलुङ ल्याइएको छ।