Sunday, May 10

जसपाका केन्द्रीय सदस्य जनमत पार्टीमा प्रवेश

नेपालअखबार, बाँके । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य राजेश वर्मा विधिवत रुपमा जनमत पार्टीमा प्रवेश गरेका छन् ।

नेपालगंजस्थित सुनाखरी पाटी प्यालेसमा आयोजिक एक कार्यक्रममा जनमतका वरिष्ठ उपाध्यक्ष एवं खानेपानीमन्त्री अब्दुल खानले पार्टीमा स्वागत गरेका हुन् ।

Advertisement

जनमत पार्टीको जिल्ला ईन्चार्ज पहलाद यादवको अध्यक्षता सम्पन्न कार्यक्रमको मुख्य अतिथि मन्त्री अब्दुल खान रहेका थिए ।

सभालाई सम्बोधन गर्दै मन्त्री खानले खानेपानी लगायत यावत समस्या मधेश÷तराईमा रहेकोले अब क्रमिकरुपमा समाधान हुने बताएका छन् ।

खानेपानी मौलिक हक भएकोले कुनैपनि नागरिकले यो अधिकारबाट बंचित हुन नदिन हरसम्भव पहल गरिने, महिलाहरुलाई उद्यमी बनाउन अन्तर मन्त्रालयसँग पनि पहल गरिने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा केन्द्रीय सचिव राधा कुमारी यादव, विष्णुप्रसाद यादव, हरपाल सिंह लगायतको उपस्थिति थियो ।