अर्थप्रदेश ४समाचारहाइलाइट-समाचार

साडे ३ करोडको सुविधासम्पन्न भवनमा सरकारी वकिल

गोरखा । २०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले भत्काएको जिल्ला सरकारी वकीलको कार्यालय पुर्ननिर्माण भएको छ ।

साढे २ तल्ले पक्की भवन भ्याट बाहेक ३ करोड ५४ लाख ५२ हजार लगानीमा निर्माण भएको हो । भवनमा सुविधासम्पन्न १५ कोठा रहेका छन् ।

कार्यालयमा सोधपुछ, प्रशासन, लेखा, मुद्धा, अभिलेख, थुनुवा कक्षा लगायतका कक्ष निर्माण गरिएको छ ।

यसैगरी पिडित मैत्री कक्ष, बयान कक्ष, लाईबे्ररी कक्ष सहित कर्मचारीका लागि आवास र सेवाग्राही र पाहुना शयन कक्ष समेत निर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई भवनकी प्रमुख ईन्जिनियर सुनिता श्रेष्ठले जानकारी दिइन् ।

एशियाली बिकास बैंकको आर्थिक सहयोगमा १ रोपनी ४ आना १ दाम क्षेत्रफल जग्गामा रबिना डाँफे ड्रागन जे.भीले २०७४ जेठ ७ भवन निर्माणको सुरु गरेको थियो । भवनको एक कार्यक्रमका बिच महान्यायधीवक्ता अग्नीप्रसाद खरेलले सोमबार उद्घाटन गरेका हुन् ।

the authoradmin

Leave a Reply