Saturday, July 11

अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा

नेपालअखबार, लमजुङ । सुक्खा पहिराले गएरातिदेखि अवरुद्ध भएको डुम्रे बेँसीसहर सडक खण्ड पुनः सञ्चालनमा आएको छ ।

Advertisement

यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा सुक्खा पहिरा हटाएसँगै आज बिहानदेखि पुनः सञ्चालनमा आएको हो । अघिल्लो भदौ महिनामा पहिराले पक्की सडक भत्काएपछि सो स्थानमा गत वर्ष पुनः पहिरा गएपछि वैकल्पिक सडक खुलाइएको सो स्थानमा ढुङ्गा माटा झरेर अवरुद्ध भएको थियो ।

Advertisement
Advertisement

माथिबाट झरेको ढुङ्गा माटा डुम्रे बेँसीसहर चामे योजना सडक कार्यालय लमजुङका डोजरले पहिरा हटाएपछि रोकिएर बसेको विभिन्न सवारी साधन पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । उनका अनुसार बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने सवारी साधन सञ्चालन भएसँगै यात्रु हर्षित भएका छन् । बयालीस किलोमिटर रहेको यस सडक खण्डमा सबैभन्दा बढी यहाँ समस्या भइरहेको छ । दिनहुँ जसो सुक्खा पहिराले पटक पटक सवारी साधन रोकिँदै आएको छ ।

Advertisement

पहिरो ठुलो रहेकाले तत्काल दिगोरुपमा समाधानसमेत गर्न सक्ने अवस्था छैन । यस पहिरो मर्मत गर्नका लागि रु २० करोडमा ठेक्कासमेत गरिसकेको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ । हिउँदमा जसोतसो सवारी साधन चल्दै आए पनि वर्षामा भने ठप्प हुने देखिन्छ । यस सडक हुँदै मनाङवासीसमेत आवतजावत गर्ने गर्छन् ।

यस सडक अवरुद्धका कारण उनीहरूलाई समेत समस्या हुने गर्दछ । यस सडक अवरुद्धका कारण अन्य सार्वजनिक सवारी साधन रोकिनु सामान्य कुरा भए तापनि यस पहिरामा आकस्मिक एम्बुलेन्ससमेत रोकिनुपर्ने अवस्था छ । रासस