Saturday, May 9

राष्ट्रपति चुनावमा जातजाति हेरेर मत हाल्नुहुन्न : राजेन्द्र पाण्डे

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रपति निर्वाचनमा जातजाति हेरेर मतदान गर्न नहुने बताएका छन् ।

शुक्रबार ८ दलीय गठबन्धनले बागमती प्रदेशका प्रदेशसभा सदस्यहरुका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले राष्ट्रपति पदका एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई भोट आकर्षित गर्न जनजाति उम्मेदवार भनेर प्रचार गरिएको टिप्पणी गरे ।

Advertisement

एमालेका उम्मेदवार जनतातिको उम्मेदवार, त्यसो हुनाले जनजातिहरुले जनजातिलाई नै भोट हाल्नुपर्छ भन्ने टाइपको तपाई हामीलाई पनि भ्रम सिर्जना गर्ने टाइपका कुरा आएका छन्’ उनले भने, ‘भुलवश कुनै पनि साथीले यस्ता कुरालाई आधार बनाएर भोट हाल्ने कुरा हुन दिन हुँदैन ।’

उनले कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नै रहेकाले सो पार्टीका संघीय र प्रदेश सांसदले अन्य उम्मेदवारलाई मत दिन नहुने बताए ।

राष्ट्रपति संविधानको रक्षा गर्ने पद हो भन्दै उनले विगतमा राष्ट्रपतिबाटै संविधान कुल्चन मद्दत गरिएको भन्दै पाण्डेले आगामी दिनमा त्यस्तो नहुने आशा व्यक्त गरे ।

विगतमा राष्ट्रियसभा चुनावमा प्रदेशसभा सदस्यहरुले हालेको मत पनि बदर भएको भन्दै नेता पाण्डेले म तबदर हुन नदिन पनि व्रदेशसभा सदस्यहरुलाई आग्रह गरे ।