Saturday, May 30

काठमाडाैंमा खानेपानीकाे वितरण समानुपातिक प्रणालीबाट हुनु पर्ने निर्देशन : मन्त्री खान

नेपालअखबार, काठमाडाैं । मेलम्ची खानेपानी विकास समितिले निर्माण सुन्दरीजलमा अयाेजना गरेकाे कार्यत्रकममा प्रमुख अतिथि         खानेपानी मन्त्री अब्दुल खानले अब छिटै मेलमची खानेपानीकाे दाेस्राे फेज सुरु गर्नु पर्ने  बताएका छन् । जनताकाे आवश्यकता अनुसार खानेपानी उपभाेग गर्न पाउनु जनताकाे अधिकार रहेकाे मन्त्री खानले बताए ।  काठमाडाैं उपत्यकामा खानेपानीकाे वितरण गर्दा  समानुपातिक प्रणालीबाट हुनु पर्ने मन्त्री खानले निर्देशन दिएका छन् ।
मेलमची खानेपानी विकास समिति द्वारा सम्पन्न मेलमची खानेपानी प्रथम चरणकाे याेजना आज विधिवत रुपमा काठमाडौं उपत्यका खानेपानी बाेर्डलाई हस्तनान्तरण गरेकाे छ । सुन्दरीजलमा मेलम्ची खानेपानी विकास समितिले निर्माण  गरेकाे १७ करोड लिटर क्षमता पानीकाे प्रथम चरणकाे याेजनालाई रहेकाे बताएकाे छ ।
काठमाडौँ उपत्यकाका खानेपानी बोर्डले काठमाडौँ खानेपानी लिमिटेडलाई आज नै  हस्तनान्तरण छ ।  बोर्डका अनुसार आज राती १२ बजे देखि काठमाडौंमा आउने खानेपानी काठमाडौँ खानेपानी लिमिटेड मार्फत आउने जान्कारी दिएकाछन् ।