गाेरखा । भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै कापीका कभरमा गोरखाका ९६ गन्तब्य समेटिएका छन् ।
जिल्लाका पर्यटकिय गन्तब्यहरुको प्रचारप्रसार गर्न भन्दै सारथी पेपर प्रोडक्टले ९६ स्थानको तस्विरलाई कापीका दुवै कभरमा छापेर बजारमा ल्याएको हो ।
गोरखाका २ नगरपालिका र ९ गाउँपालिका गरी ११ वटै स्थानीय तहका प्रमुख धार्मिक एवं पर्यटकिय दृष्टिले महत्वपूर्ण मानिएका गन्तब्यहरुको तस्विरलाई कभरमा स्थान दिइएको बताईएको छ ।
भ्रमण बर्षमा गोरखामा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढाउने उदेश्यले कापीका कभरमा जिल्लाका तस्विरलाई प्राथमिता दिइएको सारथीका सञ्चालक प्रदिप खनालले बताए ।
‘जिल्लाका ऐतिहासिक, धार्मिक ठाउँहरुको प्रचार गरेर पर्यटकलाई आकर्षण गर्ने मुख्य उदेश्य हो’ उनले भने ‘व्यासायसंगै साामजिक उत्तरदायित्व वहनका लागि यो शैली अपनाइएको हो ।’
देशभरका स्कुल, कलेज लगायतका विद्यार्थीहरुको हातहातमा कापी पु¥याएर जिल्लामा आन्तरिक पर्यटकको संख्या बढाउने र उनिहरुलाई गोरखाका अधिक गन्तब्यहरुको चिनारीका लागि पनि यो अभियानले सार्थकता पाउने कम्पनीको विश्वास छ ।
‘यो अभियान जिल्लामा मात्रै सिमित रहदैन, देशैभरका स्कुल कलेजमा पुग्छ’ सञ्चालक खनालले भने ‘विद्यार्थीलाई चाहिने सबै साइज र सबै बिषयका कापीको दुवै कभरमा ११ वटै पालिकाका आकर्षक गन्तब्यहरु हालेका छौ ।’
जिल्लाका सबै स्थानीय तहसंगको समन्वयमा कापीका कभरमा गन्तब्यका तस्विर हालिएको उनले बताए । कभरमा गोरखा दवार, संग्रहालय, भीमसेन पार्क, लिगलिगकोट, बारपाक, लाप्राक, मनासलु बेस क्याम्प, चुमभ्याली, मनकामना लगायतका प्रसिद्ध स्थानहरु छन् । यसले जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास कम्पनीको छ ।
गत पुष २७ गते पृथ्वीजयन्तीका अवसरमा गोरखा नगरपालिकाले आयोजना गरेको गोरखा जाऔं अभियानको उद्घाटन कार्यक्रममा कम्पनीले कापी सार्वजानिक गरेको थियो ।