Saturday, July 4

रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपति उम्मेदवार बनाउने नागरिक उन्मुक्ति पार्टीको निर्णय

नेपालअखबार,काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

Advertisement

उक्त पार्टीको संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीले शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको जानकारी दिए।

Advertisement
Advertisement

श्रेष्ठ कैलाली-१ बाट निर्वाचित सांसद हुन्।

Advertisement

नागरिक उन्मुक्ति पार्टी ८ दलीय गठबन्धनमा छ। सोही गठबन्धनमा रहेको अर्को दल जनता समाजवादी पार्टीले संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई  उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय बिहीबार गरिसकेको छ।

उपराष्ट्रपतिको मनोनयन दर्ता फागुन २७ मा हुँदैछ।

आफूले उम्मेदवार उठाउनेबारे ८ दलसँग कुराकानी गर्ने चौधरीले बताए।