Monday, April 20

अर्थतन्त्र सुधार्न कृषि र किसानको अवस्था सुधारौं

नेपालअखबार, काठमाण्डौं । वर्तमानआर्थिक अवस्थाबाट देशलाई माथी उठाउन कृषि र किसानहरुको अवस्था सुधार्नुपर्ने आवश्यकता रहेको काठमाण्डौंमाआयोजित एक कार्यक्रमकाबक्ताहरुले बताउनुभएको छ ।
सानाकिसानविकास लघुवित्त वित्तीय संस्थालि. को २२ औं स्थापनादिवसकाअवसरमाबोल्ने वक्ताहरुले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउँदै कृषिजन्य वस्तुहरुको भण्डारण, प्रशोधन र बजारीकरणमा ध्यानदिन सके अर्थतन्त्र सुधारको बाटो खुल्ने बताउनुभएको हो ।
कार्यक्रममाबोल्नुहुँदै कृषिविकास बैंककापूर्व अध्यक्षएवं सिइयो श्रीकृष्ण उपाध्यायले कृषि क्षेत्रमालगानीमात्रनभई उत्पदनको बजारीकरणमा समेत ध्यानदिनुपर्ने आवश्यकताऔल्याउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा राम्रो काम गरेका कृषि सहकारीका सदस्यकिसानहरुलाई उत्साह बढाउन सरकारले त्यस्ता सहकारीको पहिचान गरी कृषिकाकार्यक्रमहरु कार्यन्वयनगर्नुपर्नेमाजोड दिनुभयो । सहकारीमा समस्यामात्र छ्रैनन्, उँहाले भन्नुभयो सम्भावनाबोकेका र आफुलाई सफल प्रमाणीत गरेका सहकारीहरुपनि छन् यसको पहिचानगर्ने र भन्ने समय आईसकेको छ । सहकारी र लघुवित्तलाई एउटै नजरबाट हेर्ने परिपाटीको अन्त्यगर्नुपर्ने उपाध्ययको जोड रहेको थियो ।
सानाकिसानविकास लघुवित्त वित्तीय संस्थाले सहकारी मार्फत सदस्यकिसानहरुलाई प्रवाह गरेको ज्ञान, सिप, पूँजी, प्रविधि र सचेतनाले गरिब, पिछडीएको वर्ग, दलित, अल्पसंख्याक, महिलाहरुको नेतृत्वविकासमा ठूलो योगदानपुगेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा सनाकिसानविकास लघुवित्त वित्तीय संस्थालि. काअध्यक्ष खेम बहादुर पाठकले लघुवित्तलाई एउटै डालोमा राखेर गरिएको विश्लेषण प्रति असन्तुष्टि जनाउनुभयो । उहाँले जहाँ समस्या छ त्यहीँउपचार गर्नुपर्नेमा सबै क्षेत्र नै गलतभयो भन्नेगरी भईरहेको प्रचार प्रसारले आफुहरुलाई नकारात्मकप्रभावपारिरहेको बताउनुभयो । उँहाले सानाकिसानविकास लघुवित्त वित्तीय संस्थाले सानाकिसान कृषि सहकारी संस्थामार्फत सदस्यकिसानहरुलाई सेवाप्रदानगर्दै आईरहेको स्पष्ट पार्दै सानाकिसानमाकुनै समस्या नरहेको दावीगर्नुभयो । अहिले १ हजार ४ सय ५९ साझेदार सानाकिसान कृषि सहकारी मार्फत सानाकिसानविकास लघुवित्त वित्तीय संस्थालि. ले सेवाप्रवाहगरिरहेको जानकारी गराउँदै उहाँले आफ्नो सञ्जालका संस्थामाबजारमाभनिएजस्तो समस्या नरहेको स्पष्ट पार्नुभयो ।
ग्रामीण अर्थतन्त्र सुधारमा केन्द्रीत सानाकिसानविकास लघुवित्त वित्तीय संस्थालि.ले समुदायमा पछाडी परेका राउटे, कुुसुण्डा, मुसहर, बनकरीया, दलित, अल्पसंख्याक र महिलाहरुको आर्थिक सामाजिक रुपान्तरणमा कामगरिरहेको जानकारी गराउनुभयो ।
किसानहरुको सहभागितामाकिसानहरुकै नेतृत्वमा सञ्चालित सानाकिसान कृषि सहकारीहरुमाकुनै समस्या नरहेको स्पष्ट पार्नुहुँदै अध्यक्ष पाठकले कहीँकतै त्यस्तो समस्या देखिएतत्काल समाधानगर्न आफुहरु तयार रहेको प्रतिवद्धता व्यक्तगर्नुभयो ।
गरिब किसानहरुलाई धनीबनाउने, पछाडी परेकाहरुलाई मुलधारमाल्याउने, सामाजिक सामुदायिककाममार्फत खानेपानी, सडक, सरसफाई लगायतकाकाममा सानाकिसानहरु गाउँ–गाउँमालोकप्रिय संस्थाबनेको अध्यक्ष पाठकले दावीगर्नुभयो ।
कार्यक्रममा कृषिविकास बैंककासिईयो गोविन्द गुरुङले नेपालको दुरदराजकाकिसानहरुलाई व्यवसायीबनाउन सानाकिसान लघुवित्त वित्तीय संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले किसानहरुलाई उत्पादनमालाग्न प्रेरित गर्ने, उत्पदनगर्ने, प्रशोधनगर्ने, भण्डारण गर्ने र बजारसम्मजोड्ने कुरामाअझै कामगर्नुपर्ने आवश्यकताऔंल्याउनुभयो । सिईयो गुरुङले किसानहरुको सहभागिता र नेतृत्व रहने सानाकिसान सहकारीसंग मात्रकारोवार गर्ने सानाकिसानविकास लघुवित्त वित्तीय संस्थाको पहुँच वृद्धि गर्नुपर्नेमा समेत जोड दिनुभयो । उँहाले सदस्यहरुको क्षमताविकास गर्दै विशेषगरी युवाहरुलाई नेपालमै कृषितथापशुपालनका क्षेत्रमा राम्रो आम्दानीको वातावरण बनाउन सकिसने सम्भावना रहेको समेत बताउनुभयो ।
यसैगरी कार्यक्रममाबोल्नुहुँदै सानाकिसानविकास लघुवित्त वित्तीय संस्थालि. काप्रमुखकार्यकारी अधिकृत डा.शिवराम प्रसादकोईरालाले लघुवित्तले गरेको काम हेरेर संस्थाहरुको मूल्यांकनगरिनुपर्नेमाजोड दिनुभयो । उँहाले नेपालका७६ जिल्लाका १० लाख७९ हजार भन्दा बढि घरपरिवारमापुगेको सानाकिसानकार्यक्रम नेपालको ग्रामीण अर्थतन्त्र सुधारमा एक सफलकार्यक्रम रहेको दावीगर्नुभयो । उहाँले ७९ प्रतिशतमहिला सदस्य रहनेगरी नेपालको दुरदराजमा सानाकिसान कृषि सहकारीहरु स्थापनाभई सञ्चालनमा रहेको बताउनुभयो । अहिले सहकारी मार्फत सदस्यहरुले एकल र सामुहिक रुपमाचिया, दुध, डेरी, तेल, चामललगायतकाउद्यम सुरु गर्नुभएकोजानकारी दिनुभयो ।
कार्यक्रममा देशभर रहेका १ हजार ४ सय ५९ साझेदार सहकारी संस्थामध्ये सर्वोउत्कृष्ट संस्थाका रुपमा परिवर्तन महिला सानाकिसान कृषि सहकारी संस्थालि. गुमी सुर्खेतलाई पुरस्कृत गरिएको छ । यसैगरी ११ वटा इलाकाकार्यालय रहेको संस्थाले उत्कृष्ट इलाकाकार्यालयका रुपमा हेटौँडा इलाकाकार्यालाई उत्कृष्ट इलाकाकार्यालयका रुपमा पुरस्कृत गरेको छ । कार्यक्रमका लघुवित्त वित्तीयवित्तीय संस्थालि. का सञ्चालक, कर्मचारी, पत्रकार एवं विभिन्न सहकारीकाअध्यक्ष, सञ्चालकतथाकर्मचारीहरुकोे सहभागिता रहेको थियो ।

Advertisement