
नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नु भएको छ ।
उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि गठबन्धन दलका तीन शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । संसद् भवनभित्र रहेको प्रधानमन्त्री कक्षमा उनीहरूबीचको भेटघाट र छलफल भएको हो ।
यही चैत ६ गते प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मत, सरकारलाई पूर्णता दिने लगायत समसामयिक विषयमा केन्द्रित रहेर भेटघाट भएको जनाईएको छ ।

