
नेपालअखबार, हेटौंडा । मकवानपुरको हेटौंडा ६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसको सभापतिमा नेकपा एकीकृत समाजवादी सनिकट अनेरास्ववियूका दिवस सिलवाल निर्वाचित हुनु भएको छ । यहाँ एकीकृत समाजवादी निकट अनेरास्ववियू एमालेनिकट अनेरास्ववियु, नेकपा र विप्लवनिकट अखिल क्रान्तिकारीबीच गठबन्धन थियो ।
सिलवाल १८ मतसहित निर्वाचित हुनु भएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी राप्रपानिकट राप्रविसंकी मनिका गौतमले ९ मत प्राप्त गरिन् । वंशगोपालमा सो गठवन्धनबाट नेपाली कांग्रेस निकट नेविसंघ, माओवादीनिकट अखिल क्रान्तिकारी र राप्रपानिकट राप्रविसंबीच गठबन्धन रहेको थियो ।

