
नेपालअखबार, रौतहट । रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा सूचनाको माग गर्दै मेयरका प्रत्याशी तथा नेताहरू लगातार रिले अनशनमा बसेका छन् । नेपाली कांग्रेस, एमाले, माओवादीका मेयर प्रत्याशी तथा वडा अध्यक्षहरु आज १६औँ दिन पनि अनसन जारी राखेका छन्।
वृन्दावन नगरपालिकामा माग गरे अनुसारको सूचना पाउँ भन्दै कांग्रेस मेयर प्रत्याशी राम स्नेही यादव, एमाले मेयर प्रत्याशी प्रेम शङ्कर यादव, माओवादी मेयर प्रत्याशी राम प्रसाद पटेल केही वडा अध्यक्षसहित गत ६ गते देखि रिले अनसन बसेका हुन्। उनीहरूले वृन्दावन नगर प्रमुख विनोद पटेल कुर्मीले थोरै समयमा धेरै भ्रष्टाचार गरेको दाबीसहित आन्दोलनमा उत्रेका हुन् ।
वृन्दावनमा विभिन्न कर्मचारीको नाममा करिब आठ करोड रुपैयाँ पेस्की लिई भ्रष्टाचार गरेको आरोप लगाउँदै नगर प्रमुख प्रत्याशी तथा जनता समाजवादी पार्टीका नेता शेख हकिम, नगर प्रमुख प्रत्याशी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पवन यादव, रिले अनसन बसेका हुन ।
नगरपालिकाको वडा नम्बर २ का अध्यक्ष सिकिन्द्र पटेल ,वडा नम्बर ३ का अध्यक्ष हरिनारायण साह , वडा नम्बर ४ का अध्यक्ष श्याम नन्दन प्रसाद यादव र वडा नम्बर ५ का अध्यक्ष फेकन दास सहितका निर्वाचित वडा सदस्यहरू रिले अनसन बसिरहेका छन् । अन्सनकारीहरुले २०७९ चैत्र ४ गते संयुक्तरुपमा निवेदन दिई १७ बुँदे माग पेस गरेका थिए । सोही बमोजिमको सूचना नपाएसम्म आन्दोलन जारी राख्ने पुर्व नगर प्रमुख राम स्नेही यादवले बताए । वृन्दावनले सूचना दिन अझै ढिला सुस्ती गरे आमरण अनसन गर्ने आन्दोलनकारीहरूले चेतावनी दिएका छन् ।
तर वृन्दावन नगरपालिकामा मेयर विनोद पटेल पक्षले नगरपालिका बाट सेवा सुविधा न पाएकाले कैयौँ नेता कार्यर्ताहरु रिले अनशनको नाउँमा नगरवासीको कामना अवरोध गरेको टिप्पणी गरेका छन् ।
यसैबीच वृन्दावन नगरपालिकाले सोमबार एक प्रेस विज्ञप्ति निकालेर रिले अनसन अन्त्य गरी वार्तामा आउन तथा वार्ताको माध्यमबाट मात्र सूचना उपलब्ध हुने बताएको छ।

