प्रदेश ४राजनीतिसमाचार

भवानी क्याम्पसमा नेविसंघको इकाई

गोरखा । पालुङटारमा रहेको भवानी बहुमुखी क्याम्पसमा सुनिता थापा अधिकारीको अध्यक्षतामा नेपाल विद्यार्थी संघ इकाई गठन भएको छ ।

नेविसंघ पालुङटार नगरसंयोजक अनिल थापलियाको अध्यक्षतामा भएको विद्यार्थी भेलाले अधिकारीलाई अध्यक्ष चयन गरेको हो ।

जसको उपाध्यक्षमा सुदप देवकोटा, सचिव विजय विक, सहसचिव सिमा विक, सुजता गिरी, कोषाध्यक्ष भरत गिरी चयन भएका छन् । नेविसंघका गोरखा अध्यक्ष सुवास अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले विष्णु गिरी, सुष्मा थापा, सुजन विक, संगिता श्रेष्ठ, रोशिला गुरुङ, सुष्मा थापा मगर, विनुसा श्रेष्ठ, पूजा गिरी र अस्मिता देवकोटा सदस्यमा निर्विरोध चयन गरेको हो ।

कार्यक्रममा नेपाली काँग्रेस पालुङटार नगर सचिव सरोज देवकोटा, नेविसंघका पूर्व जिल्ला उपसभापति रमेश बस्ताकोटी, जिल्ला सचिव मिलनसिं बस्नेत लगायतले बोलेका थिए ।

the authoradmin

Leave a Reply