Monday, May 11

इतिहासको रथ अगाडि बढिसकेको छ पछाडि फर्कन सक्दैन -अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं  ।  नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले इतिहासको रथ पछि नफर्कने बताउनु भएको छ ।

बुधबार नेकपा एकीकृत समाजवादीको  प्रचार विभागले आयोजना गरेको सम्पादकसँगको  भेटघाट कार्यक्रममा बोल्दै नेपालले गणतन्त्रविरूद्ध औंला उठाउनेहरूका उद्धेश्य पूरा हुन नदिने भन्दै अव इतिहासको रथ पछि नफर्कने बताउनु भयो ।

Advertisement

अध्यक्ष नेपालले अगाडि बढिसकेको नेपाललाई पछाडि फर्काउन मेहनत गरिरहेकाहरूको उद्देश्य सफल नहुने बताउनु भयो ।  ‘इतिहासको रथ अगाडि बढिसकेको छ, पछाडि फर्कन सक्दैन। यो उल्टो दिशामा जान सक्दैन,’ भन्दै  ‘त्यस्ता प्रवृत्तिलाई कुनैपनि हालतमा सफल हुन दिँदैनौं।’ भन्दै , ‘ जो परीक्षामा फेल भइसकेका छन्, त्यस्ताहरूले यो व्यवस्था माथि औलो ठड्याउनु सुहाउँदो कुरा नभएको बताउनु भयो ।’ अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दाबी गर्दै  ढुक्क हुन आग्रह गर्नुभयो  ।

उहाँले मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धनलाई अगाडि बढाइएको भन्दै  राजनीतिक स्थायित्वलाई ध्यानमा राखेर नै हामीले यो गठबन्धनलाई अगाडि बढाएका छौं । मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासनका लागि हामीले मिलेर अघि बढने प्रतिवद्धता गरेको बताउनु भयो  ।

वर्तमान सत्तारुढ गठबन्धन जनताको जनादेश अनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको बताउनु भयो ।