Friday, July 10

ट्विटरले बिबिसीलाई सरकारले पैसा दिने मिडिया

नेपालअखबार, एजेन्सि। सामाजिक सञ्जाल ट्विटरले बेलायती प्रसारण संस्था (बिबिसी) लाई सरकारले पैसा दिने मिडिया भनेपछि बिबिसीले आपत्ति जनाएको छ।

Advertisement

बिबिसीका अनुसार ट्विटरले बिबिसीको भेरिफाइड खाता @BBC लाई सरकारले पैसा दिने मिडिया भनेर लेबल गरेको छ।

Advertisement
Advertisement

एक वक्तव्य जारी गर्दै बिबिसीले आफू एक स्वतन्त्र संस्था भएकाले सरकारले पैसा दिने भनी ट्विटरले लगाइदिएको लेबल हटाउनु पर्ने भनेको छ।

Advertisement

यसबारे ट्विटरका अधिकारीहरूसँग पनि कुरा भइरहेको बिबिसीले जनाएको छ।

‘बिबिसी स्वायत्त हो र यो सधैँ स्वायत्त रहेको छ। हामीलाई बेलायती जनताले  लाइसेन्स शुल्कका माध्यमबाट पैसा दिन्छन्,’ बिबिसीले भनेको छ।

पछिल्लो समय भेरिफाइड खाता चलाउन ट्विटरले पैसा लिन थालेको छ। यसअघि नै उसले विभिन्न व्यक्ति र संस्थाका खातालाई विभिन्न लेबल लगाउन थालेको थियो। त्यसमा मिडियाका खाता पनि छन्।

चीनको पिपुल्स डेलीलाई ट्विटरले चिनियाँ राज्य सम्बन्धित मिडिया भनेर लेबल दिएको छ भने रसिया टुडेलाई रूसी राज्य सम्बन्धित मिडिया भनेको छ।

यसअघि ट्विटरले अमेरिकाको नेशनल पब्लिक रेडियो (एनपिआर) लाई राज्य सम्बन्धित मिडिया भनेको थियो। पछि उक्त लेबल हटाएर राज्यले पैसा दिने मिडिया भनेर लेबल दिइएको छ।

बेलायतको द गार्डियन, अमेरिकाको द न्युयोर्क टाइम्स, हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोष्टलाई भने ट्विटरले कुनै लेबल दिएको छैन। केही समयअघि न्युयोर्क टाइम्सको एकाउन्टबाट भेरिफाइड चिन्ह भने ट्विटरले हटाइदिएको छ।