Friday, July 3

सदनमा उठेका प्रश्नको जवाफ दिन सभामुखको रूलिङ

नेपालअखबार, काठमाडाैं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको विभिन्न समयमा सांसदले राखेको जिज्ञासा तथा प्रश्नको जवाफ दिन सरकारलाई रूलिङ गरेका छन्।

Advertisement

प्रतिनिधि सभाको आजको बैठकमा उनले उक्त रूलिङ गरेका हुन्।

Advertisement
Advertisement

‘विगतका बैठकदेखि अहिलेसम्म शून्य, विशेष र अन्य समयमा सांसदले जनसरोकारका विविध विषयमा कुरा उठाइरहनुभएको छ’, सभामुख घिमिरेले भने, ‘प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ तर्फ सरकारको ध्यानाकर्षण गराउँदै अहिलेसम्म उठेका प्रश्नहरूको जवाफ दिन निर्देशित गर्दछु।’ रासस

Advertisement