Tuesday, June 2

आगलागीबाट बाँकेमा जले ४ घर

नेपालअखबार,बाँके । बाँकेको जानकी गाउँपालिका–५ स्थित बकसपुर बस्तीमा आगलागी भएको छ।

आगलागीले बस्तीका चार घरमा पूर्ण रुपमा क्षति भएको छ भने दुई घरमा सामान्य क्षति भएको छ।

Advertisement

आगलागीबाट २ बाख्रा र केही कुखुरा जलेको गाउँपालिकाका वडा नम्बर ५ का अध्यक्ष टीकानाथ यादवले बताए।

उनकाअनुसार सोमबार दिउँसोदेखि सुरु भएको आगलागी बेलुकी नियन्त्रणमा आएको थियो।

खरानीसँगै फालिएको ठाउँबाट आगलागी भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए।

कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकाबाट गएको ३ वटा दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए।

आगलागीले घर पूर्ण रुपमा क्षति भई विस्थापित भएका अग्निपीडितलाई २५ किलो चामल, दाल पाँच किलो, दुई प्याकेट नुन, खाने तेल पाँच लिटर, आलु १० किलो, बेसार, खुर्सानी एक–एक प्याकेट, त्रिपाल एक–एक थान, भुजा एक प्याकेट र चिनी एक किलो राहत पुर्‍याइएको जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले बताए।