राजनीतिसमाचार

एकीकृत समाजवादी रौतहट काठमाडौँ सम्पर्क मञ्चद्वारा शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन

नेपालअखबार, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी रौतहट काठमाडौँ सम्पर्क मञ्चद्वारा चोभारमा वृहत बनभोज तथा नव वर्षको अवसरमा शुभकामना तथा २०८० को क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यमा  भएको थियो । प्रमुख अतिथि  माधव कुमार नेपालले नववर्ष २०८० को शुभकामना दिदै मिटर ब्याज लिने लाई कारवाही गर्नु पर्ने तथा त्यस्ता कार्य मा नलाग्न सम्पूर्ण कार्यकर्तालाई सुझाउनु भयो  ।

सो कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री डा. बशिधर मिश्र,  स्थायी कमिटी सदस्य  कल्याणी खड्का , पाटी पोलिट्ब्युरो सदस्य रामकुमार भट्टराइ , केन्दिय सदस्य एब जिल्ला इन्चार्ज सरला यादव, पार्टी अर्थ तथा योजना विभागका उपप्रमुख तथा बरिष्ठ अर्थ विद् डा .चन्द्रमणि अधिकारी , सम्पर्क विशेष प्रदेश कमिटीका उपाध्यक्ष एव कानुन विभाग सदस्य नवराज तिमल्सिना, मधेश प्रदेश कमिटीका अध्यक्ष बेदनाथ कोइराला, जिल्ला कमिटी अध्यक्ष कमल यादव, मधेश प्रदेश सदस्य , मधेस प्रदेश सासद कनिश पटेल , कानून विभाग सदस्य गोपाल श्रेष्ठ, विज्ञान तथा प्रविधि विभाग सदस्य दीपक गुप्ता, सम्पर्क भौतिक पूर्वाधार तथा यातायात विभाग सदस्य प्रताब खडका  विशेष प्रदेश कमिटीका सदस्य राजन उप्रेती, दलित मुक्ति संगठनका सचिव लिलबहादुर परियार, मधेश प्रदेश कमिटी सदस्य माधव रेग्मी, चिनकुमारी शिवाकोटी, इन्दिरा कोइराला संजय शाह मधेश प्रदेश कमिटी सदस्य हरिनारायण राय यादब , रौतहट जिल्ला कमिटी सदस्य तथा कार्यलय सचिव अनिल लाल दास  रौतहट जिल्ला कमिटी सदस्य जयमङल प्रसाद यादब ,देबेन्द्र पटेल, उच्च अदालत बार एसोसियसन का उपसचिव इन्दु कार्कि , प्रगतिशिल लेखक  सङ्घका बालमुकुन्द कार्की, पर्यटन व्यवसायी महासंघ महासचिव केशव धिताल उपत्यका स्वास्थ्यकर्मी सङठन कोषाध्यक्ष तुफानी ठाकुर , युवा व्यवसायी निरज कुमार झा एकीकृत कर्मचारी संगठन केन्द्रिय सदस्य संजय जयसबाल लगायतको आतिथ्य रहेको थियो ।

उक्त कार्यक्रममा पेन्टिङ प्रतियोगिता, घैँटो फुटाउने खेल, हाजिर जवाफ लगायतका खेल समेत खेलाइएको थियो ।
पेन्टिङ प्रतियोगिता प्रमुख अतिथि नेपालले सम्मान तथा पुरस्कार प्रदान गर्नु भयको थियो । हाजिर जवाफ तथा घैटो फुटाउने बिजेतालाई डा. बशिधर मिश्रले सम्मान गर्दै शुभकामना मन्तव्य व्यक्त  गर्नु भएको थियो ।

पेन्टिङ प्रतियोगितामा  प्रगति कोइराला, अनुरभ गुप्ता द्रोश्रो ,  साह तृतीय भएका थिए विजयी हुनु भएको थियो  ।
त्यस्तै हाजिरी जवाफतर्फ प्रथम  क्षेत्र नं ३ प्रतिभा श्रेस्ठ , अमित चौधरी द्वितीय क्षेत्र नं ४ राजिब पटेल ,रमेश पटेल , तेश्रो क्षेत्र नं १ चन्दन कुमार झा निकि यादब आदित्य कुमार झा बलिराम शाह तथा सान्तवा पुरस्कार , सन्जुर आलम  शेख साहिब विशाल कुमार शाह पाएका थिए ।

कार्यक्रम अध्यक्ष सचित कुइकेलको अध्यक्षता मा तथा कार्यक्रम सञ्चालन सचिव  नमो नारयण झा ले गर्नु भयो भने कार्यक्रम अजय पटेल संयोजकत्वमा सम्पन्न भएको  थियो ।

the authoradmin