Saturday, May 9

बैशाख १२ मा लिगलिगकोटदेखि बारपाकसम्म म्याराथुनको तयारी

गाेरखा । भूकम्प स्मृति दिवशका अबसरमा गोरखामा म्याराथुन दौड आयोजना गर्ने तयारी भएको छ ।

ट्रेकिङ एसोसियसन टान, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाको आयोजना र धार्चे मनास्लु पर्यटन बिकास समितिको सहयोगमा लिगलिगकोटदेखि भूकम्पको केन्द्र बारपाकसम्म अल्ट्रा म्याराथुन दौड गर्न लागिएको हो ।

Advertisement

नेपाल भ्रमण वर्ष २०२० को सन्र्दभमा ऐतिहासिक स्थलहरुको प्रवद्र्धन गर्दै भूकम्पको केन्द्रबिन्दुसम्म पर्यटकको ध्यान आर्कषित गर्न कार्यक्रम गर्न लागिएको टानले जनाएको छ । केही दिन भित्र धावन मार्ग पहिचान गरी, सहभागीताको लागि आब्हान खुल्ला गर्ने टानको तयारी छ ।

६० किलोमिटरभन्दा बढी दुरी रहेको सो प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय हुनेलाई क्रमश ८० हजार, ६० हजार र ४० हजार रुपैया नगद सहित मेडल र प्रमाणपत्र दिने तयारी रहेको आयोजकले बताएको छ ।

प्रतियोगिताको बारेमा आइतबार गोरखामा सरोकारवालाहरुसँग छलफल भएको छ ।

टानका अध्यक्ष खुमबहादुर सुबेदीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कंडेल, सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योति श्रेष्ठ, धार्चे मनास्लु पर्यटन बिकास समितिका अध्यक्ष साने गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *