Tuesday, April 21

एलन मस्कको विशाल रकेट परीक्षण गर्ने क्रममा विष्फोट

नेपालअखबार, काठमाडौं । एलोन मस्कको स्पेसएक्स कम्पनीको विशाल नयाँ रकेट, स्टारशिप, आफ्नो पहिलो उडानमा विस्फोट भएको छ। स्थानीय समय अनुसार बिहीबार बिहान टेक्सासको पूर्वी तटबाट उडेको सो बिमान परीक्षणको क्रममा नै  बिष्फोट भएको हो, उक्त विष्फोटबाट कसैलाई पनि चोटपटक लागेको छैन।

उडान सुरु भएको दुईदेखि तीन मिनेटपछि नै अहिलेसम्मको सबैभन्दा ठूलो विकसित रकेट नियन्त्रण बाहिर गएर खस्न थाल्यो  । रकेट हेर्दा हेर्दै टुक्रा टुक्रा भएर जमिनमा खख्यो ।

Advertisement

स्पेश एक्सका इन्जिनियरहरुले बिहीबार भएको दुर्घटनालाई पाठको रुपमा लिएको जनाएका छन । यो दुर्घटनाले रकेट परिक्षणका लागि धेरै नै ज्ञान दिएको छ, यसले परिक्षणका लागि आवाश्यक डाटाहरुको संयोजन तथा मेसनरी सामग्रीको प्रयोग गर्ने तौर तरिकाको फरक पाटो देखाएको सो परिक्षण दुर्घटना पछि इन्जिनियरहरुले भनेका छन् ।

सो दुर्घटना पछि मस्कले भनेका छन, कम्पनीले केहि महिना पछि पुनः प्रयास गर्नेछ। ‘स्टारशिपको रोमाञ्चक परीक्षण प्रक्षेपणमा स्पेक्स एक्सको टोलीलाई बधाई छ, केही महिनामा अर्को परीक्षण प्रक्षेपणको लागि धेरै कुरा सिकियो,’ मस्कले ट्वीट गर्दै भनेका छन ।

सो रकेट यसअघि परीक्षण गर्ने भनिए पनि पटक पटक रोकिँदै आएकोमा बिहिवार परिक्षण गरिएको थियो, जुन परिक्षण गर्ने क्रममा विष्फोट हुन पुगेको बीबीसीले जनाएको छ ।