Monday, July 6

परिचयले पोखरा स्पोर्ट्स अवार्डमा सघाउने

नेपालअखबार,  पोखरा । परिचय एड्भर्टाइजिङ प्रालिले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गर्न लागेको सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ मा सघाउने भएको छ । पोखरा न्युरोडमा रहेको परिचयले अवार्ड कार्यक्रमको लागि ३५ हजार रुपैयाँ प्रदान गर्ने सम्झौता भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । मंगलबार परिचय एड्भर्टाइजिङ प्रालिकी पब्लिक रिलेसन अफिसर जेनिता थापा र मञ्चका अध्यक्ष दीननाथ बरालबिच सहयोग गर्नेबारे सम्झौता भएको हो । ‘विज्ञापन लगानी हो खर्च होइन’ भन्ने सोलोगनका साथ विज्ञापनको क्षेत्रमा बेग्लै छाप छोड्न सफल परिचय प्रिन्टिङ, डिजाइनिङ र इभेन्ट मेनेजमेन्टको क्षेत्रमा स्थापित बनिसकेको छ ।

Advertisement

यसका अलावा होटल बाराही पोखरा, पोखरा महानगरपालिका वडा नं. ३, ४, ९ र १५ तथा प्रदेश खेलकुद परिषद गण्डकीका सल्लाकार सुनिल गुरुङले समेत अवार्ड कार्यक्रममा सहयोग प्रदान गर्ने मंगलबारनै तय भएको अवार्ड कार्यक्रम अन्र्तगतको प्रचारप्रसार उपसमितिका संयोजक समेत रहेका पौडेलले खुलाए ।

Advertisement
Advertisement

यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने छ ।

Advertisement

अवार्ड कार्यक्रमको बारेमा जानकारी दिन मञ्चले बैशाख १३ गते बुधबार पत्रकार सम्मेलनको आयोजना गरेको छ । बिहान पौने नौ बजे क्लासिक चुलोमा हुने पत्रकार सम्मेलन मार्फत मञ्चले चारवटा विधाको नोमिनेसन सार्वजनिक गर्ने तयारी गरेको महासचिव पौडेलले बताए ।

कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिकाले सघाउने भएका छन् ।

यसैगरी नेपाल भूतपूर्व खेलाडी मञ्च, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, पब्लिक टेलिभिजन, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, वल्ड लिंक, फुडमाण्डु, सहारा हङकङ, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, नेपाल हवाई खेलकुद संस्था, क्लासिक चुलो, पश्चिमाञ्चल सामुदायिक अस्पताल लगायतले समेत सहयोग गर्ने तय भैसकेको छ ।

यसका अलावा उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चले जनाएको छ ।