Saturday, May 9

महायज्ञमा मुस्लिम समुदाय पुग्दा पण्डितले भने ‘वाह ! हाम्रो असली समाज त यो हाे नि’

धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा चितवनको रामपुर छेवैमा निर्माणधिन गौतम बुद्ध क्रिकेट रंगशालाको सहयोगार्थ सञ्चालन गरिएको धन धान्यान्चल महोत्सवमा अन्य दिनको दाँजोमा शनिबार बेग्लै माहोल बन्यो ।

रंगशाला निर्माणका लागि निर्माणाधिन परिसरभित्रै गरिएको महोत्सवमा प्रशिद्ध प्रवचक पण्डित दिनबन्धु पोखरेलले प्रवचन दिइरहेका थिए । प्रवचन स्थलमा हजारौ हिन्दु धर्मावलम्बीहरु उनको प्रवचनमा ध्यानमुग्द थिए ।

Advertisement

तर एकैछिनमा माहोल फेरियो । हातमा ‘गोरखा बजार मुस्लिम समाज’ लेखिएको ब्यानर बोकेर ८/१० जनाको समुह प्रवचन स्थलमा प्रवेश गर्दा केहि समय तालीको बर्षात नै भयो । गेटबाट मुस्लिम समुदायको समुह प्रवेश गरेको देखेर प्रवचन गरिरहेका पण्डित पोखरेलले प्रवचन नै रोके र भन्न थाले ‘वाह हाम्रो असली समाज त यो हो नि ।’

ब्यानर बोकेर अघि बढिरहेको मुस्लिम समुदायको समुहलाई मञ्चमा बसिरहेका सिताराम कट्टेल (धुर्मस) र कुञ्जना घिमिरे (सुन्तली) ले गेटसम्मै गएर स्वागत मात्रै गरेनन् सबैसंग अंकमाल पनि गरे । त्यतिबेलासम्म हलभित्र रहेका हजारौले मुस्लिम समुहलाई तालीले स्वागत गरिरहेका थिए ।

मञ्चबाट पण्डित पोखरेलले भनिरहेका थिए ‘मेरो बाल्यकालमा सबै भन्दा मिल्ने साथी मुस्लिम हो उहाँलाइ आज यहाँ देख्दा मन हर्षित भइरहेको छ, स्वागत छ मेरा मित्रलाई ।’ उनले संकेत गरिरहेका थिए गोरखा बजारका मोहम्मद कलाम मियाँ (काजी) लाई । जो पण्डित पोखरेलसंगै पढेका मात्रै थिएनन, बाल्यकालका सबैभन्दा नजिकका साथी समेत थिए ।

पण्डितले मञ्चबाटै यसो भनिरहदा महोत्सव स्थलको माहोल निक्कै रोमाञ्चित देखिएको थियो ।

श्रृंखला यतिमा मात्रै सिमित बनेन । मञ्चमा पुगे लगत्तै धुर्मसले मुस्लिम समुदायका जमिल मियाँसंग आफुले लगाएको टोपी नै साटे । ढाका टोपी लगाएका धुर्मुसले मियाँसंग सेतो बिर्खे (इस्लामिक) टोपीसंग टाउको जोडेरै साटासाट गर्दा महोत्सव स्थल भित्र र बाहिर समेत हजारौबाट तालीको बर्षा भयो ।

त्यतिबेला पण्डित पोखरेल मञ्चबाट उद्घोष गरिरहेका थिए ‘नेपाललाई चार जात छत्तिस वर्णको फुलबारी त्यसै भनिएको होइन, हाम्रो पहिचान यहि हो, हाम्रो मेलमिलाप, सद्भाव र सम्बन्धले विश्वमा नेपाल अलग पहिचान बोकेको छ’ उनले फेरी थपे ‘सम्मान छ उहाँहरुलाई, यो हो हाम्रो असली पहिचान र सम्पत्ती हो, सधैभर यस्तै प्रगाढ सम्बन्ध कायम रहोस् मेरो यहि कामना ।’

केहि बेर त महोत्सव स्थलमा सेल्फी खिच्नेको भिंड समेत लाग्यो । यसै यसै सन्दर्भमा मुस्लिम समुदायले रंगशाला निर्माणका लागि नगद २० हजार १ सय सहयोग समेत गरे । ‘रंगशला हाम्रो साझा सम्पत्ती हो, सबै मिलेर बनाउनुको विकल्प छैन’ मोहम्मद कलाम मियाँले भने ‘यो पहिलो प्रयास हो, रंगशाला बनाउन आगामी दिनमा गोरखाका सबै मस्जिदबाट चन्दा उठाएर पठाउछौ ।’

धार्मिक सद्भाव अझै बढ्यो ः धुर्मस
विभिन्न धर्म र संस्कृतिको सहभागिताले धार्मिक सद्भाव र एकता बढाउँदै गएको महायज्ञ आयोजक समितिका पदाधिकारीहरु बताउँछन् ।

महायज्ञ मूल समारोह समितिका संयोजक प्रदेश सांसद विजय सुवेदीले हरेक दिन विभिन्न धर्म र जातजातिका मानिसहरु रंगशाला महायज्ञमा दान दिन आउनाले राष्ट्रिय एकता र जातीय सद्भावलाई बलियो बनाएको बताउछन् ।

गौतम बुद्धको नाममा बन्दै गरेको रंगशालामा हिन्दु, मुस्लिम, बौद्ध, इसाइ लगायत सबै धर्मावलम्बीहरुबाट सहयोग प्राप्त हुनुले मेलमिलाप र सद्भाव उचाईमा पुगेको आयोजक बताउछ ।

महायज्ञमा जो कोही समूह आए पनि मञ्चमै लगेर सम्मान गर्नाले छुवाछुत र जातीय विभेद पनि हट्दै गएको देखिन्छ । धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ भन्छन् ‘असली पहिचान भनेकै यहि हो, राष्ट्रिय एकता र मेलमिलापको यो नमुना हो, यसले धार्मिक सद्भावलाई उचाईमा पु¥याएको अनुभुत भएको छ ।’

रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी ८ दिनसम्म धनधान्याचल महोत्सव भएको थियो । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *