प्रशासनसमाचार

साझा प्रकाशनको महाप्रबन्धकमा मिलनराज गर्तौला

Nepal Akhabar

नेपालअखबार, काठमाडौँ । साझा प्रकाशनको महाप्रबन्धक पदमा मिलनराज गर्तौला नियुक्त भएका छन् । प्रकाशनको सञ्चालक समितिको वैशाख १५ गतेको निर्णयानुसार काठमाडौँ महानगरपालिका–७ निवासी समाजशास्त्री गर्तौला नियुक्त भएका हुन् । उनले आइतबार पद बहाली गरेका छन् ।

साझा प्रकाशनको इतिहास पहिलोपल्ट खुला प्रतियोगिताबाट गर्तौला महाप्रबन्धक पदमा छनौट भएका हुन् । साझा प्रकाशनले गत चैत १ गते गोरखापत्र दैनिक सूचना प्रकाशित गरी महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको थियो ।

the authoradmin